महिला हिंसाविरुद्ध लन्डनमा कार्यक्रम

कृष्णप्रसाद शर्मा
लन्डन– नेपालमा भएका महिला हिंसाविरुद्ध लन्डनमा एक कार्यक्रम आयोजना भएको छ ।

मानवअधिकारका लागि अन्तर्राष्ट्रिय ऐक्यवद्धता नेपाल, युकेको आयोजनामा जनवरी २२ तारिखमा लण्डनको ग्रीनवीचमा कार्यक्रम आयोजना गरिएको हो । गत मंसिर महिनामा काभ्रे जिल्लाको सानो गौथली( ७ मा बोक्सीको आरोपमा मलमुत्र खुवाई कुटपीटपछि मारिएकी ३३ वर्षीया लक्ष्मी परियार, मुगु र सप्तरी जिल्लामा भएका कुपोषणबारे परामर्शत्मक कार्यक्रम भएको हो । करिव ३० जना सहभागी रहेको उक्त कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि,प्राज्ञिक व्यक्तित्व, बुद्धिजीवी एवं नेपाली बिधाथि॔हरूको सहभागिता समेत रहेको थियो ।

छलफल कार्यक्रममा खास गरी यी दुई घटनाहरूका सम्बन्धमा बिदेशमा रहेका नेपालीहरूले कसरी सहयोग पुर्‍याउन सक्छन् भन्नेबारे विमर्श भएको थियो ।

सहभागीले लक्ष्मी परियारको हत्या ‘संरचनात्मक हिंसा’को प्रतिनिधि घटना रहेको बताउँदै यस घटनाले महिला माथिको हिंसा, जातीय विभेद, स्थानिय गरिवहरूलाई स्थानिय तहकै उच्च वर्गबाट दमन एवं राजनैतिक संरक्षणका कारण बढ्दो दण्डहीनतालाई समेत प्रतिनिधित्व गरेको बिचार राखे । सहभागीहरूले घटना पछि उनको परिवारलाई विभिन्न संघसंस्थाहरू र व्यक्तिगत तबरले समेत सहयोग गरिरहेको बताए तर केही निहित स्वार्थ समूहले घटनालाई ओझेलमा पार्ने प्रयास गरेको बताए ।

सेफिल्ड बिश्वबिद्यालयका प्राध्यापक डा. विष्णु परियारले आफ्नो धारण राखे सँगै आयोजक संस्थाका संयोजक डा. कृष्ण उपाध्याय यस घटनाको पृष्ठभमिबारे प्रकाश पारेका थिए । यसैगरी आयोजक संस्थाका सदस्य श्री बासु शर्माले मुगु र सप्तरीमा रहेको कुपोषण बारे आफ्नो धारण राखे पछि उपस्थित सहभागीहरू आफ्नो धारणा पालै पालो राखे ।