रवि लामिछाने समर्थक र प्रहरीबीच झडप, रवि आज हिरासतमै

भरतपुर । पत्रकार रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै चितवनमा प्रदर्शन भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट करिब पाँच सय मिटरको दूरीमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो ।

आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका पत्रकार लामिछानेसहित तीनजनाविरुद्ध आज जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको छ । मुद्दा दायर भएसँगै तीनै जनाको बयान सुरु भएको छ ।

टेलिभिजनकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई आज पनि हिरासतमै पठाइएको छ । चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछानेसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालत चितवनको एक नम्बर इजलाशमा आज अस्मिता कार्कीको बयान सकिएको छ । तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *