बेलायतको इलिङमा नेपालीलाई प्राथमिकता दिंदै स्वास्थ्य सेवा सुरु

लन्डन– बेलायतको इलिङमा नेपालीलाई प्राथमिकता दिंदै स्वास्थ्य सेवा सुरु भएको छ ।

बेलायतले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा विदेशी नागरिकलाई कडाइ गर्न थालेपछि बेलायतको मुटु जस्तै मानिने इलिङ्गमा निजी स्वास्थ्य सेवा सञ्चालन गरिएको हो ।

विदेशी नागरिकले एनएचएस सुविधाका लागि महंगो शुल्क तिर्नुपर्ने भएपछि सर्वसुलभ सेवाका लागि स्वास्थ्य केन्द्र सुरु भएको हो ।

नेपालीले सर्वसुलभ तरिकाले सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले सुरु गरिएको उक्त स्वास्थ्य केन्द्रमा परीक्षणसहित रगत तथा दिशा पिसाब, एक्सरे, एमआरआई हाडजोर्नी, कम्मर र घाँटी दुखाइलगायतको परीक्षण तथा उपचार गरिने नेपाली चिकित्सक तथा जनस्वास्थ्य विज्ञ राजेन्द्र थापाले जानकारी दिनुभयो ।

थुप्रै नेपालीहरु भाषाको समस्याले नेपाल गएर उपचार गर्नुपर्ने बाध्यता पनि अब हटेको छ ।

स्वास्थ्य केन्द्रमा परामर्श र फार्मेसी सेवा पनि उपलब्ध रहेको थापाले जानकारी दिनुभयो ।