लन्डन । तमुधिं यूकेको अध्यक्षमा हरि गुरुङ निर्विरोध निर्वाचित भएका छन् । तमुधिं भवन मिचेटमा सम्पन्न संस्थाको अधिवेशनले संस्थाका बरिष्ठ उपाध्यक्ष हरि गुरुङको अध्यक्षतामा १२ औं कार्यसमिति सर्बसहमतिमा निर्वाचित गरेको हो ।
प्रमुख आयुक्त एकेन्द्र गुरुङ, मेजर कृष्णबहादुर गुरुङ र नारायणसिंह गुरुङ आयुक्त रहेको समितिले नयाँ कार्यसमिति निर्वाचन गराएको थियो। प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जुमकाजी गुरुङ, परशु गुरुङ र कमल कोने गुरुङ चुनिएका छन् भने महासचिवमा डा विशाल गुरुङ, सचिवमा विमल गुरुङ, कोषाध्यक्षमा दिलमाया गुरुङ र सहकोषाध्यक्षमा दुर्गाबहादुर गुरुङ चयन भएका छन्।
कार्यसमिति सदस्यहरुमा भोज गुरुङ, मोति गुरुङ, लिदिया गुरुङ, हेलिसा गुरुङ, बिनु गुरुङ, चन्द्रादेवी गुरुङ, गुड्डु गुरुङ, नरबहादुर गुरुङ, दीपक गुरुङ र सोम घले छन् । त्यस्तै स्पोर्टस् सेक्रेटरी क्या दीपक घले, कल्चरल सेक्रेटरी साधुराम गुरुङ, मिडिया सेक्रेटरी एसके गुरुङ, मिलन तमु र मदन गुरुङ, युवा संयोजक राजेन्द्र गुरुङ, च्यारिटी संयोजक कुमार घले र प्रोपर्टी मेम्बर अरुण गुरुङ चुनिएका छन् ।
आमा समूहको अध्यक्षमा सन्ध्या गुरुङ निर्वाचित भएकी छन्।आमा समूहमा उपाध्यक्षहरु कमला गुरुङ, नन्दकुमारी गुरुङ र जया गुरुङ, महासचिव शान्ता गुरुङ, सचिव अञ्जु गुरुङ, कोषाध्यक्ष मुना गुरुङ र सहकोषाध्यक्ष श्रीमती ध्रुव गुरुङ सहित १५ सदस्यहरु छन्।

तमुधिं यूकेको अध्यक्षमा हरि गुरुङ निर्बाचित अरु कार्यसमिति को को आए ?






