काठमाडौं। बलिउड सुपरस्टार नायिका श्रीदेवी कपुरको निधन भएको छ । ५४ वर्षीया श्रीदेवीको हृदयाघातका कारण निधन भएको हो ।
श्रीमान् बोनी कपूर र छोरी खुशीका साथ दुबईमा आयोजना भएको एक विवाह समारोहमा सहभागी भइरहेका बेला उनको हृदयाघातका कारण निधन भएको हो ।
उनले तमिल, तेलेगु, मलायाम, कनादा र हिन्दी चलचित्रमा अभिनय गरेकी थिइन् ।
उनी बलिउडकी चर्चित नायिक थिइन् । सन् १९७८ मा चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनले ३ सय वटा चलचित्रमा काम गरिसकेकी थिइन् ।






