सिड्नी । लामो समयदेखि अस्ट्रेलियाको सिड्नीलाई आफ्नो कर्मथलो बनाएर नेपाली गीतसगींतमा सक्रिय जेनिशा गौतमको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गौतमले निर्देशन गरेको ‘यहीँ कतै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतमा प्रबिशा अधिकारी र शनिष श्रेष्ठले स्वर दिएका छन् ।
जेनिशा र प्रज्वल गौतमको अभिनय रहेको गीतको शब्द किरण पुनले लेखेका हुन् भने सुबास भुषालले संगीत भरेका छन् । प्रेम कथामा आधारित यस गीतको संगीत संयोजन उदयराज पौडलले गरेका हुन् ।
जेनिशा इन्टरटेन्मेन्टले सार्बजनिक गरेको करिब ५ मिनेट लामो भिडियो सिड्नीकै बिभिन्न स्थानमा छायाँकन गरिएको हो । जेनिशाको अभिनय एबम् स्वरमा यस अघि ऐंसेलु दाना, महँगीले मार्यो बरिलै, माया बराबरी लगायतका विभिन्न लोकप्रिय गीतहरु सार्वजनिक भएका छन् । गायन र अभिनयमा जमेकी उनको भिडियो निर्देशनमा भने यो पहिलो प्रयास हो ।
भर्खर मात्रै बजारमा आएको गीतबाट आफुले आफुले सोँचेको भन्दा राम्रो प्रतिक्रिया पाएको र दर्शकको मन जितेको बताईन् । सन् २०१५ बाट सागींतिक यात्रा सुरु गरेकी जेनिशाले अस्ट्रेलियामै रहेर आफु नेपाली गीतसगींतमा लाग्ने उद्धेश्य रहेको बताउँछिन् ।
ललितपुरमा जन्मिएकी उनले विद्यालयले उमेरमै स्कुलका विभिन्न प्रतिष्प्रधामा भाग लिने र गीत गाउने गर्थिन् । त्यस्तै कार्यक्रमहरु सञ्चालन गर्ने गरेको उनको भनाई छ । २००९ मा अस्ट्रेलियामा गएकी उनले अधिकाशं गीत सिड्नीमै रेकर्ड गरेकी हुन् ।
उनले आफुलाई नेपालबाट समेत विभिन्न समयमा अफरहरु आउने गरेको भन्दै तर आफु सिड्नीमै रहेर आफ्नो सागींतिक यात्रा अगाडी बढाउने सोँच रहेको बताईन् । हालै सार्वजनिक भएको गीतको दोश्रो पार्ट पनि केही समय भित्रै आउने उनको भनाई छ । त्यस्तै उनले आफ्नै आमासगं पनि गीत निकाल्ने तैयारी भईरहेको जानकारी दिईन् ।
हेर्नुहोस् गीतको म्यूजिक भिडियो






