१४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मललाई ए स्टारले सहयोग गर्ने

लन्डन । विश्वका ८ हजार उचाईं माथिका सबै १४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मल पूर्जालाई ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
उक्त कम्पनीले �आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्जालाई सहयोग गर्न लागेको ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामीले बताए । ए स्टारले पूर्जाको अभियान जारी भएसम्म प्रत्येक एक मोर्गेज डिलबाट दश पाउण्डका दरले दिने दर्लामीले जनाए ।
पूर्जाले यसै वर्ष सन् २०१९ को ७ महिनाभित्र ८ हजार मिटर उचाईंका सबै १४ हिमाल चढ्ने महत्वकांक्षी योजनामा छन् । पूर्जाको यो महत्वकांक्षी प्रोजेक्ट एकदम खर्चिलो छ । उनलाई यो प्रोजेक्ट सम्पन्न गर्न कम्तीमा ७ लाख ५० हजार पाउण्ड आवश्यक हुने बताइएको छ । ‘पूर्जा नेपाल र सबै नेपालीको गर्व र प्रतिष्ठा हुन् ।
उनको अभियानमा थोरै भएपनि साथ दिने हाम्रो प्रयास हो’- दर्लामीले भने । दर्लामीले अन्य संघसंस्थालाई पनि पूर्जाको अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । सन् २०१२ मा स्थापित ए स्टारले त्यसयता आफ्नो क्षमता अनुसार विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गर्दै आएको छ ।
गत वर्षमात्र ए स्टारले करिब तीन दर्जन संघसंस्थालाई सहयोग गरेको कम्पनीले जनाएको छ । पूर्जाको अभियानलाई एनआरएनए यूकेसहित अन्य संघसंस्थाले पनि सहयोग जुटाउन थालेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *