शिव भण्डारी/ लन्डन
बेलायतका विभिन्न शहरमा प्रस्तुत दिन द भोइस अफ नेपालका विजेताहरू ब्यस्त छन् ।
भोइस अफ नेपालका विजेता सिडी विजय अधिकारीका साथै अरु प्रतियोगीहरु सिर्जे थपलिया, कुशल आचार्य ,सप्तक दुतराज र सुरेखा क्षेत्री विवेक वाइवा लामा र श्रेया राई लाइभ इन यूके’का लागि गतसाता बेलायत आएसँगै ब्यस्त बनेका हुन ।
क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्टको आयोजनामा बेलायतका ७ शहरमा कार्यक्रमहरू गर्न लागिएको हो । जसमध्ये सबैभन्दा पहिलो शो शनिबार फोक्सटनमा सम्पन्न भयो। दर्शकले फोक्सटनको हकिञ्ज कम्युनिटी सेन्टर खचाखच भरिएको थियो। कार्यक्रमको शुभारम्भ नेपाली कांग्रेसका युबा नेता रबि प्रकाश राई र आयोजक क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्टका निर्देशक धिरज राईले गरेका थिए।
प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै कांग्रेसका युबा नेता रबि प्रकाश राईले नेपालको कला, संस्कृति, संस्कारलाई जर्गेना गर्न कलाकारको महत्वपूर्ण दायित्व रहेको बताउँदै मातृभूमीप्रति बफादार कलाकारहरुलाई धन्यवाद ज्ञापन गरे । युवाहरु नेपाली मातृभुमीप्रति कती इमानदार र लगनशील छन भन्ने सन्देश द फोइस अफ नेपाल भएको भन्दै कलाकारितामार्फत देशको इज्जत र प्रतिष्ठालाई कायम राख्न सकिने धारणा राखे ।
आयोजक क्यान्डेजा यूकेका मार्केटिंग तथा पिआर डाईरेक्टर धिरज राईले स्वागत गर्दै कार्यक्रमले नेपाली समुदायमा थप हौसल्ला र उत्साह थपिएको बताए ।
ईन्द गुरुङ संयोजक रहेको बेलायतकै ‘प्राज्ना’ ब्यान्डका सदस्यहरुमा थिर थापा, दिपेन्द्र थापा, सुरज गुरुंग, प्रभास गुरुङ, सागर थापा, होसियर तामाङ र महेश गुरुङ छन् ।डिजे हेम बिस्टले संयोजन गरेको लाइभ ब्याण्डमा लगातार ३ घण्टासम्म कलाकाहरूले सांगीतिक प्रस्तुति दिएका थिए।
उनीहरुले लोक, आधुनिक, पप, रक सबै विधाका गीतहरुको बेजोड प्रस्तुति दिए। कार्यक्रमको सञ्चालन गर्न द भ्वाइस अफ नेपाल कै होस्ट सुशील नेपाल छन् भने बेलायतमै बस्दै आएकी कलाकार होस्ट सुस्मिता थापा छन्।
कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी नेपाल तरुण दल सुनसरीका अध्यक्ष एबम समाजसेबी युवा नेता सिजन गुरुङ्ग थिए भने क्याडेन्जा यूकेका प्रमुख सल्लाहकार एबम एनआरएन यूकेका उपाध्यक्ष प्रेम गाहा मगर पोखरा ट्राभलका निर्देशक तथा तमु धि यूकेका पूर्व अध्यक्ष ज्ञाम गुरूङ आइएमई लन्डनका प्रमुख कमल पौडेल,जिनर्जीका निर्देशक श्री लिम्बू, पिपल मोर्गेजका निर्देशक सुर्यप्रकाश गुरुङ लगायत संचारकर्मी नबिन पोख्रेल, धुर्ब राज अर्याल, शिब भण्डारी समेतको उपस्थिति रहेको थियो,साथै आयोजक क्याडेन्जा यूकेको महिला संयोजक अञ्जु श्रेष्ठ, युथ कोअर्डिनेटर अमृता गिरी गजुरेल, कल्चरल सेक्रेटरी गिता बस्नेत पाण्डे लगायत उपस्थित थिए । टिममा प्रकाश कंडेल पनि सहभागि थिए ।
अन्जु श्रेष्ठले हेल्थ एण्ड सेफ्टी को बारेमा अबगत गराएकी थिइन् ।
द भ्वाइस अफ नेपालको थप शोहरू फेब्रुअरी १७ मा फार्नबरो, १८ मा बर्मिङहम, २३ मा लण्डन फेल्थाम, २४ मा प्लमस्टिड, मार्च १ मा ननिटन र मार्च ३ मा रेडिङमा आयोजना हुँदैछन् । 

















