बेलायतमा हटाइयो लकडाउन,सोमबारलाई प्रधानमन्त्रीले घोषणा गरे ‘फ्रिडम डे

A woman wearing PPE (personal protective equipment), including a face mask as a precautionary measure against COVID-19, walks along the platform alongside a London Underground Tube train in the morning rush hour, on May 11, 2020, as life in Britain continues during the nationwide lockdown due to the novel coronavirus pandemic. - British Prime Minister Boris Johnson on May 10 announced a phased plan to ease a nationwide coronavirus lockdown, with schools and shops to begin opening from June 1 -- as long as infection rates stay low. (Photo by Tolga Akmen / AFP) (Photo by TOLGA AKMEN/AFP via Getty Images)
Photo by TOLGA AKMEN/AFP via Getty Images

लण्डन । बेलायतमा लामो समयदेखि लगाइएको लकडाउन सोमबारदेखि अन्त्य भएको छ ।

कोरोना सङ्क्रमणको अवस्था बढ्दै गएपछि विभिन्त तहमा लगाइएको लकडाउन आजबाट पूर्णरुपमा बन्द भएको हो । यद्यपि यहाँ यतिबेला कोरोनाको तेस्रो लहर चलिरहेको छ । संक्रमण दर दैनिक ५० हजार भन्दा माथि भएपनि खोप कार्यक्रमलाई प्रभावकारी बनाउँदै लकडाउन अन्त्य गर्ने निती सरकारले लिएको हो । देशमा कुल जनसङ्ख्याको ६८.३ प्रतिशत वयस्क, ८७.९ प्रतिशतले पहिलो डोज खोप लगाइसकेका छन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले ‘फ्रिडम डे’ भनेर घोषणा गरेको आजको दिनदेखि बेलायतबासी हरेक क्रियाकलाप गर्न स्वतन्त्र छन् । यद्यपि स्वास्थ्य सुरक्षाका मापदण्डहरु भने अनिवार्य रुपमा पालना गर्न निर्देशन दिइएको छ । जून महिनामा लकडाउन अन्त्य गर्ने भनिएपनि भारतमा देखिएको डेल्टा भेरियन्टको कारण थप चार हप्ता लकडाउनको अवधि थप गरिएको थियो ।

यद्यपि लकडाउन खुलेकै दिन प्रधानमन्त्री जोन्सन आइलोसनमा बसेका छन् । उनकै मन्त्रीमण्डलका स्वास्थ्यमन्त्री साजिद जावेदलाई कोरोना देखिएको कारण उनी र अर्थमन्त्री ऋषि सूनक एकान्तवासमा बसेका हुन् ।

आजबाट सुरक्षा अपनाएर रेष्टुरेन्ट, नाइटक्लब, पार्टीहल हरु खुल्नेछन् । त्यस्तै सार्वजनिक कार्यक्रम गर्न पनि अनुमति दिइएको छ । सरकारले लकडाउन खुलाएसँगै बेलायतमा नेपालीहरुले आयोजना गर्ने ठूलो इभेन्ट गोर्खा कपको पनि तयारी अघि बढेको छ ।

जुलाई २४ मा गोर्खा कप आयोजना हुँदैछ ।