तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले पहिलो चरणको राहत वितरण यो महिनाको अन्त्यमा बन्द हुने बताएको छ । एनआरएनए अध्यक्ष केशव कँडेलका अनुसार राहत वितरण बन्द गरेको होइन, पहिलो चरणको टुंग्याएर फेरि नयाँ सुरु गर्न खोजिएको हो । निवेदन हामी ३१ मे सम्मको लिन्छौं, त्यसपछि राहत चाहिनेले आ–आफ्नो राज्यमा सम्पर्क राखेर लिन सक्छन् । दोस्रो चरणको राहत लिनका लागि राज्यमा सम्पर्क गर्नुपर्ने व्यक्तिको मोबाइल नम्बर राख्दिन्छौं, उहाँहरुलाई सम्पर्क राखेर राहत लिन सक्ने अध्यक्ष कडेलले बताए ।
सहयोगका लागि भन्दै थप रकम संकलन नगरिने अध्यक्ष कडेलले बताए । उनले भने, मौज्युदा राहतबाटै दोस्रो चरणमा पनि वितरण गरिने हो । दोस्रो चरणमा हामी चेतनामूलक र रोजगारमूलक कार्यक्रम पनि सञ्चालन गछौं । राहत वितरणमा एकदमै बढी समय गयो, राहत वितरण कार्यक्रम निरन्तर चलिरहन्छ, अहिलेसम्म प्राप्त निवेदकले राहत प्राप्त गरिसकेपछि दोस्रो चरणमा लाग्छौं ।

दोस्रो चरणमा कस्ता कार्यक्रम ल्याउनु हुन्छ भन्ने लन्डन नेपाल न्यूजको जिज्ञासामा अध्यक्ष कडेलले भने, ‘कसैले उबरइट गर्न सक्छ भने उसलाई साइकल किन्न सहयोग उपलब्ध गराउन सक्छौं, जस्तो कसैले कन्स्ट्रक्सनमा काम पायो, उससँग वाइट कार्ड छैन, वाइकार्ड बनाउँदा लाग्ने शुल्कका लागि एनआरएनएले सहयोग गर्नेछ । कमाएपछि उनीहरुले त्यो सहयोग फिर्ता गर्ने छन्, त्यो सहयोग हामी अरुलाई दिनेछौं ।’

एनआरएनए उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद् संयोजक देव गुरुङका अनुसार राहत बितरण अहिले सम्म लगातार रुपमा चलिरहेको छ । ८ सय जति निवेदन आएको थियो । ५० हजार डलर सिड्नीमै खर्च हुन्छ । राहत वितरण १५ भित्र सक्ने योजना हो ।
संघसंगठनले प्रतिबद्धता गरेको रकम संकलन भइसकेको छ । एक्सपर्टले सबैभन्दा धेरै सहयोग उपलब्ध गराएको गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले जानकारी दिए । उनले अब दोस्रो चरणको राहत वितरण सुरु हुने वताए ।
राहत वितरणबाट रकम बचत रहे जागीरको तालिम र क्षमता अभिवृद्धिमा खर्चिने उनले बताए । दोस्रो चरणमा एनआरएनले खाद्यन्नभन्दा पनि सिपमूलक कार्यमा खर्च गर्नेछ । दोस्रो चरणको राहत १५ जुनसम्म वितरण गरिने लक्ष्य राखिएको प्रवक्ता गुरुङले बताए । घरेलु हिंसा र मानसिक स्वास्थ्यका लागि वर्कसर्प गरिनेछ । योसँग खाना वितरण पनि सँगसँगै चल्नेछ । मेलवर्न, सिड्नी, ब्रिजवर्न र एडलेट बाट धेरै मात्रमा बिद्यार्थीको सहयोगको माग आएको छ। विद्यार्थीलाई राहत लिन सजिलो होस् भनेर स्थानीय संघसंस्थासँग मिलेर काम गरेको उनले बताए ।
एनआरएनए अस्टे«लियाका कोषाध्यक्ष अनिल पोखरेलका अनुसार अहिलेसम्म ३ हजार निवेदन प्राप्त भएको र १६५० जनालाई वितरण गरिएको छ । ९५ हजार ५ सय ५ डलर संकलन भएको थियो । अब ४० हजार डलरजत्ति बाँकी होला, त्यो रकम दोस्रो चरणको राहत वितरणमा खर्च हुनेछ, कोषाध्यक्ष पोखरेलले बताए ।
बिद्यार्थीहरु को लागि राहत वितरण पहल गरिरहेको अर्को संस्था एजुकेशन कन्स्लटेन्ट एलाइन्स (एक्का) ले भने दूतावासको मध्यस्थमा कार्यदल बनाएर राहत वितरण गर्ने भएको छ। त्यो कार्यदलमा एनआरएनए बाट ४ जना, एक्काबाट ५ जना प्रतिनिधि एन्जा र एमडाबाट प्रतिनिधि तथा सबै संघसंस्थाका प्रतिनिधित्व बसेर राहत वितरणको मापदण्ड बनाइने (एक्का) अध्यक्ष पिआर अधिकारीले बताए ।
अध्यक्ष अधिकारीका अनुसार राहत वितरणमा एक्का सहयोगी मात्र हो, उसले एक्काले पैसा रिलिज गर्दिन्छ, राहत एक्काले बाँडदैन । राहत विरणमा बाहिरको कमिटीलाई दियो भने व्यवस्थित हुने अध्यक्ष अधिकारीले बताए । उनले भने, अबको राहत वितरण दाल चामलभन्दा माथि जानुपर्छ, दूतावासले संकलन गरेको तथ्यांकलाई आधिकारिक मानेर राहत वितरण हुनेछ ।
अध्यक्ष अधिकारीले भने, ‘अहिले ६० हजार डलर उठेको छ । उठ्नेक्रम जारी छ, कूल १ लाख सहयोग गर्ने एक्काको लक्ष्य हो, वितरण सुरु भएपछि सदस्यहरुले थपेर भए पनि कबुल गरेको रकम एक्काले उपलब्ध गराउने छ ।’
(फोटो: एनआरएनए एस् सि सि पेज )






