नेपाली भाषा सिकाउने स्कुल शव्दमाला अस्ट्रेलियाको गाला डिनर सम्पन्न

सिड्नी । अस्ट्रेलियामा हुर्किँदै गरेका नयाँ पुस्तालाई भाषा र संस्कृति सिकाउँदै आएको “शब्दमाला नेपाली भाषा विद्यालय”को गाला डिनर सम्पन्न भएको छ ।

३ डिसेम्बर ईन्द्रेणी फक्ंसन सेन्टरमा सम्पन्न भएको कार्यक्रममा विभिन्न सागींतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमका साथमा बार्षिक रात्रिभोज कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयमा अध्ययनरत विद्यार्थी तीनका अभिभावक सगैं विभिन्न सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा एनएसडब्ल्यू फेडेरेसन अफ कम्युनिटी ल्याग्वेंज स्कुलका अध्यक्ष लुसिया जोन प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै चिल्ड्रेन फेस्टिबल अर्गनाईजेशनका अध्यक्ष थट न्गुयेन एओएमको पनि विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयले भाषा र संस्कृति सगं सम्बन्धित विभिन्न विषयमा विद्यार्थीहरुले आफुले सिकेका कुराहरु प्रस्तुत गर्नुका साथै अन्य विविध कार्यक्रमका साथमा भव्य रुपमा साधारण सभा सम्पन्न भएको शव्दमालाका अध्यक्ष बिष्णु घिमिरेले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

कार्यक्रममा नाटक, कविता, सवांद, गायन तथा नृत्य लगायतका विविध विधामा विद्यार्थीहरुले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा गैर आवासीय नेपाली सघं एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एएनएका अध्यक्ष मधु पुडासैनी, गोर्खा नेप्लिज कम्युनिटीका अध्यक्ष राजेन्द्र थापा, गुठी अस्ट्रेलियाका सचिव सुदिन श्रेष्ठ, नेपाली समाजका अगुवा डा.नारायण प्रधान लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालय भित्रका विद्यार्थी, अभिभावक, शिक्षक तथा अन्य अतिथि पाहुनाहरु सहित ४ सय ६५ जनाको सहभागीता रहेको थियो ।

गुठी अष्ट्रेलिया र गोर्खा नेप्लीज कम्युनिटिको सहकार्यमा अस्ट्रेलियामा २०१० मा सुरु भएको शव्दमाला अहिले स्वायत्त संस्थाको रुपमा सञ्चालनमा रहेको छ । विद्यालयले अस्ट्रेलियामा जन्मिएका नयाँ पुस्ता तथा नेपाली मुलका बालबालिकाहरुलाई न्यू साउथ वेल्सका विभिन्न ७ ठाउँमा रहेका शाखा मार्फत नेपाली भाषा बोल्न, पढ्न र लेख्न सिकाउँछ ।

त्यस्तै नेपाली सांस्कृतिक पर्वहरु विद्यालयमा मनाएर,रमाइलो गरेर नयाँ पिडिहरुमा नेपाली सांस्कृतिक विविधता र सांस्कृतिक सम्पदा तथा कला र भाषाको विषयमा जानकारी गराउँछ । नेपाली विविध रहनसन र सँस्कृति झल्काउने गीत र नृत्यहरुलाई विषेश महत्वका साथ विद्यार्थीहरुलाईे सिकाउँदै आएको छ ।