सिड्नी । सरकारले अकस्मात संसद विघटन गरेपछि देशविदेशमा रहेका नेपाली तथा संघसंस्थाहरुले चौतर्फी आलोचना गरेका छन् । जनसम्पर्क समिति अष्ट्रेलियाले सरकारले गरेको निर्णय अलोकतान्त्रिक भएको भन्दै प्रधानमन्त्री केपी ओलीले गरेको निर्णय अलोकतान्त्रिक र असंवैधानिक रहेको बताएको हो ।
जनसम्पर्क समिति न्याू साउथ वेल्स संयोजक शितल गीरिले ओली सरकारले अदुरगामी र राष्ट्र अहित हुने कार्य गरेको भन्दै समितिले उक्त कदमको घोर भर्त्सना गरेको बताए । यस विषम परिस्थितिमा आम नेपाली लोकतन्त्रवादी शक्तिहरूलाई व्यवस्थाको रक्षा र निरङ्कुशतन्त्रको विरुद्धमा एकबद्ध भई संघर्ष गर्न समेत समितिले अपिल गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने गरी ओलीले गरेको निर्णयलाई उनले अनुमोदन गरेसंगै नेपाली राजनीतिमा बबण्डर मच्चिएको छ ।






