१० महिने बालिका सियोनाको उपचारको निम्ती विनर सर्कलको रन फर सियोना अभियान शुरु हुँदै

तक्दीर अधिकारी, सिड्नी ।

नवलपरासीको रामग्राम २ घर भएका सन्दीप श्रेष्ठकी १० महिनाकी छोरी संसारमा विरलै देखिने स्पिनल मस्कुलर अट्रोफी नामक रोगबाट उनी ग्रस्त भएकी छन् । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस टिचिङ्ग हस्पिटलमा जचाउन लगेको समय उनलाइ उक्त समस्या रहेको पुष्टि भएको थियो । अमेरिकामा मात्रै उपचार सम्भव रहेको उक्त रोगको उपचारकोे निम्ती २१ लाख अमेरिकी डलरको खाँचो पर्दछ । त्यसको नेपाली रकम २४ करोड ६९ लाख भन्दा बढी हुन्छ । यति ठुलो मात्रामा खर्च लाग्ने भएको कारण परिवारको आर्थिक स्थितीले थेग्न नसक्दा यतिवेला विश्वभर रकम संकलन अभियान शुरु गरिएको छ ।

अष्ट्रेलियामा रहेको विनर सर्कल मिडियाले पनि सियोनाको उपचारको निम्ती अर्थ संकलन अभियान सञ्चालन गर्न लागेको छ । रन फर सियोना नामक अभियान नै जारी गर्दै मिडियाले सबैलाइ आर्थिक सहयोगको आह्वान समेत गरेको छ । संस्थाका सक्रिय सदस्य समिर अर्याल उक्त अभियान सञ्चालन गर्न आउने आइतवार ५० किलोमिटर भन्दा बढी दौड्ने भएका छन् । सियोनाको उपचारको निम्ती अर्थ संकलन गर्ने ध्येयका साथ समिर सिड्नी देखी अवर्न – बोन्डाइ किनार – अवर्न सम्म करिब ७ घण्टा दौडिन लागेका हुन् । उनी सँगै अन्य ब्यक्तिहरुले रकम उठाउनेछन् ।
उक्त अवधिमा उठेको रकम बच्चाको परिवार लाइ हस्तान्तरण गरिने भएको छ । रन फर सियोना कार्यक्रम आइतवार बाट शुरु हुने संस्थाका प्रशासकिय अधिकृत रोशन खतिवडाले लण्डन नेपाल न्युजलाइ बताए । “अर्थ संकलनमा हामी फरक तरिकाको विधि अपनाएका छौ” खतिवडाले भने, “समिर अर्याल जी दौडिनु हुन्छ, हामी उहाँको लाइभ भिडियो पनि गर्छाै र रकम पनि जम्मा गर्छाैै” ।

समिर एथ्लेटिक खेलाडी हुन् जसले बक्सिङ्गको पनि तयारी गरिरहेका छन् । बलिका सियोना श्रेष्ठको दुइ बर्ष भित्र उपचार गरिसक्नुपर्ने हुन्छ । एक बर्षभित्रमा उनको उपचार शुरु गरिसक्नु पर्ने हुन्छ । सियोनाको उपचारको निम्ती सहयोग गर्न चाहनेहरुको निम्न खाता नम्बरमा रकम जम्मा गरिदिन सक्नुहुनेछ ।

Details for donation:

Bank: Commonwealth

Ac Name: WINNERS CIRCLE MEDIA

BSB: 063-097

ACC: 35407392

Ref: Your name