अष्ट्रेलियामा नेपाली दुतावासको भवन निर्माण कार्य सुरु हुँदै

सिड्नी । अष्ट्रेलियाको क्यानबेरा स्थित नेपाली दुतावासको भवन निर्माण कार्य सुरु हुने भएको छ । दुतावासको नाममा रहेको जग्गामा भवन निर्माणका लागि विस्तृत प्रतिवेदन योजना सहित नक्सा तैयार भई स्वीकृत भईसकेकाले छिट्टै नै भवन निर्माण कार्य सुरु हुने दुतावासले जनाएको छ ।

लामो समयदेखि दुतावासको भवन निर्माण गर्ने भनिएपनि पुरा हुन सकेको थिएन् । दुई देशका ऐन नियमलाई पालना गनुपर्ने र कोराना महामारीका कारण ढिला भएपनि जुलाई या अगष्ट महिना देखि भवन निर्माण कार्य सुरु हुने भएको हो ।

दुतावासकी कार्यवहाक राजदुत दुरापदा सापकोटाले विस्तृत प्रतिवेदन योजना लगायतका अन्य प्रारम्भिक कामहरु सम्पन्न भईसकेको र अब लगत्तै निर्माणको प्रक्रिया सुरु हुने जानकारी दिईन् । ‘आवश्यक प्रक्रिया सुरु भईसकेको छ लण्डन न्यूज नेपालसगं उनले भनिन्, भवन निर्माणका लागि आवश्यक लागत अनुमान र अन्य बजेट व्यवस्थापनको प्रक्रियामा लागि परेका छौँ ।’

सापकोटाले लागत अनुमान गरेर नेपाल सरकार परराष्ट्र मन्त्रालयसगं समन्वय गरी छिट्टै बजेटको व्यवस्थापन गर्ने र निर्माणको काम सुरु हुने बताईन् । अहिले तत्कालका लागि नेपाल सरकारको निणर्य पर्खिएर बसेको सापकोटाको भनाइ छ । बजेटकै लागि सरकारको भर पर्नुपर्ने अवस्था रहेको उनको भनाई छ । भवन निर्माणका लागि आवश्यक पर्ने बजेटको विषय टुगों लागेपछि टेण्डर आह्वान हुने बताईन् ।

स्थानीय एक कम्पनीसगकों परामर्श र डिजाईन अनुसार दूतावास परिसर भित्र नेपाली शैलीमा ४ वटा भवन निमाणर् हुने बताईएको छ । भवनका निर्माणका लागि अष्ट्रेलियन सरकारको सहुलियतमा झण्डै १ सय वर्षका लागि १२ लाख डलरमा यसअगाडी नै जग्गा खरिद गरिएको थियो । क्यानबेरामा रहेको उक्त जग्गा ६ हजार १९८ वर्गमिटर क्षेत्रमा फैलिएको छ ।

दुतावासको स्थापना भएदेखि २००७ सालबाट भाडाको घरमा बस्दै आएको दुतावासको आफ्नै भवन बन्ने भएको हो । निर्माण सुरु भएको मितिले ३ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।