काठमाण्डौ । अभिनेता पल शाह विरुद्ध जवरजस्तीकरणीको उजुरी दर्ता भएपछि यतिबेला उनी निकै विवादमा घेरिएका छन । नावालिक माथि करणी गरेको आरोप उनी विरुद्ध परेको छ ।
प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरिरहेपनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन् । उनी अहिलेसम्म फरार छन् । उनको विषयलाई लिएर यतिबेला सामाजिक सञ्जाल देखि देशका ठुला मिडियामा प्रमुख खबर बनेका छन् । यस प्रकरणसगं रहेर विभिन्न अडियोहरु पनि सार्वजनिक भईरहेका छन् ।
पलविरुद्ध उजुरी परेपछि पलले आफ्नो फेसबुकमा एउटा स्टाटस लेखेका थिए जसमा उनले आफूविरुद्ध गायक दुर्गेश थापा, कृष्ण जोशीलगायतले षडयन्त्र गरेको दाबी गरेका छन् ।
तिनै कृष्ण जोशीले शुक्रबार एक युट्युब च्यानललाई अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्तामा उनले पलसँगको व्यक्तिगत रिसइबीका कारण यस्तो गरेको स्वीकार गरेका छन् ।
आफूलाई ग्लानी भएकाले आफू अन्तर्वार्ता दिन तयार भएको उनले बताएका छन् । ‘यो त सानो कुरा बाहिर आएको हो,’ उनले भनेका छन्, ‘अझ ठूला ठूला कुरा आउन नै बाँकी छ । हामीले गेम बनाएर पल शाहलाई सकाउने रणनीति बनाएका थियौँ ।’
उनले दुर्गेश थापाले पललाई सिध्याइदिने भनेको पनि दाबी गरेका छन् । ‘सिध्याइदिनु पर्छ, दुर्गेश दाइले त भन्नु भएको थियो,’ जोशीले उक्त अन्तर्वार्तामा भनेका छन्, ‘मेरो मनले यो गलत भएको हो भन्छ ।’ उनले यसबाट आफूलाई आपत्ति भएको पनि बताएका छन् ।
‘प्लान त यतिसम्म भएको हो कि,’ उनले भनेका छन्, ‘तर, मैले यो विषयमा पल दाइलाई पछिल्लो समयमा भएको छ । मलाई बचाउ भनेर पल दाइले भन्नुभएको थियो । म सडकबाट आएको मान्छे हो भन्नुभएको छ ।’ उनले पलले भावुक कुरा गरेकाले आफ्नो मन पनि पग्लिएको बताएका छन् ।
हेर्नुहोस उनै जोसिसगंको कुराकानी






