लण्डन । बेलायती सेनाका सेनाध्यक्ष जनरल सर निकोलस प्याट्रिक कार्टर र नेपालका प्रधानसेनापति प्रभुराम शर्माबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बुधबार सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उच्चस्तरीय यस्ता भेटले दुई देशका सेनाबीच रही आएको मित्रवत सम्बन्ध थप सुमधुर तुल्याउन योगदान पुग्ने सेनाको विश्वास छ ।
यसअघि बुधबारनै जंगी अड्डा परिसरमा उनको सम्मानमा सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे । साथै, जंगी अड्डाभित्र सेनाध्यक्ष जनरल सर कार्टरलाई नेपाली सेना सम्बन्धि प्रस्तुतिकरण समेत दिइएको थियो ।
सेनाध्यक्ष जनरल सर कार्टरले पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजना हुने गोरखा एटेस्टटेसन परेड अफ गोरखा रिक्रुट इन्टेकमा सहभागी हुन बुधबार विहान काठमाण्डौं पुगेका हुन् ।
जनरल सर कार्टर भ्रमण समाप्त गरी माघ २९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।






