बिकाश निर्माणका लागि गाउमा आएकोे बजेट हिनामिना गरेको र नीयम कानुन बिपरीत आफनै साढुभाईलाई कर्मचारी नियुक्ती गरेको भन्दै जिल्ला बिकाश समिति सुनसरीका स्थानीय बिकाश अधिकारी युवराज अधिकारी बिरुद्ध अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटा र केन्द्रिय कार्यालय काठमाण्डौमा उजुरी परेको छ ।जय नेपाल देशभक्त नाम गरेका ब्याक्तिले राष्ट्र र देशवासीको नाममा शुक्रबार सुनसरीका स्थानीय बिकाश अधिकारी युवराज अधिकारी बिरुद्ध अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटा र केन्द्रिय कार्यालय काठमाण्डौमा उजुरी दिएका हुन ।
सुनसरीका स्थानीय बिकाश अधिकारी युवराज अधिकारीले नातामा शसुराली पटीका साढुभाई पर्ने कुमार निरौलालाई गैर कानुनी ढंगबाट जिविश अन्तरगत एच आइ भी तथा स्वास्थ्य शाखाका प्रमुख बनाएर बिकाशको बजेटमा मनोमानी गरी चरम लापवार्ही गरेको अख्तियारको उजुरीमा उल्लेख गरीएको छ ।अधिकारी बिरुद्ध अख्तियारमा मुद्धा परेको यो दोश्रो पटक हो । यस अघि ७१ मसिंर ३ गते बालुवा निकाशीमा लाखौ अनियमितता गरेको शिर्षकमा इनरुवाका केही राजनीतिककर्मीहरुले अख्तियारको पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय इटहरीमा उजुरी दिएका थिए भने अख्तियारले पनि सो मुद्धालाई बिशेष प्राथमिकतामा राखेर १६४४ नंमा दर्ता गरेको थियो ।
अधिकारीले जिल्लामा आएको बिकाशको बजेट कुनै पनि राजनीतिकदलसंग समन्वयनै नगरी आफुखुसी योजना बनाई लाखौ रकम हिनामिना गरेको अख्तियारको उजुरीमा उल्लेख गरीएको छ ।यता अधिकारी बिरुद्ध दोश्रो पटक उजुरी परेपछि पूरानो मुद्धा र अहिलेको मुद्धा एकै पाटो भएकोले छानविनमा सहज भएको बताउदै सो उजुरीको एक प्रति बोदार्थ स्थानीय बिकाश मन्त्रालयमा पनि बुझाइएको अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाका प्रमुख डुल्लुराज बस्नेतले बताए ।
सुनसरिका एलडीओ बिरुद्ध आख्तियारमा उजुरी






