शिब भण्डारी
लण्डन । बेलायतमा लामो समयदेखि फाईनान्सियल सेवा प्रदान गर्दै आईरहेको पीपल ग्रुपले साउथ इष्ट लण्डनको वेस्लीहिथमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
नेपाली व्यवसायीहरुद्धारा सञ्चालित पीपल मोर्गेजेजले आफ्ना छैठौँ शाखाको रुपमा साउथ ईष्ट लण्डन वेस्लीहिथमा शाखा विस्तार सगैं सेवा आरम्भ गरेको हो ।
७ वर्ष अगाडी सुरु भएको यस व्यवसायले बेलायतका विभिन्न स्थानमा फाइनान्सियल (वित्तीय) सेवा प्रदान गर्दै आईरहेको छ ।
पीपल ग्रुपले बेलायतमा मोर्गेजेज, प्रोटेक्सन्स, होम इन्स्योरेन्स, कमर्शियल फाइनन्स, विल्स तथा प्रोेपर्टी सेल्स, लेटिङ्गस तथा म्यानेज्मेन्ट लगायतका सेवाहरु प्रदान गर्दै आएको पीपल ग्रुपका निर्देशक सूर्य प्रकाश गुरुङ बताए।
बेलायतमा ग्राहकहरुकै माया, सदभावसगैं सुविधाका लागि नयाँ शाखा वेस्लीहिथमा विस्तार गरिएको पीपल ग्रुपका निर्देशक सूर्य प्रकाश गुरुङले औपचारिक उद्घाटन समारोहमा बताए ।
आफ्नो कम्पनीलाई यहाँसम्म पुर्याउन साथ सहयोग गर्ने सम्पूणर् ग्राहक एवम् अन्य महानुभावलाई धन्यवाद दिँदै उनले अझै उत्कृष्ट सेवा दिने आफ्नो कोशिस रहेको समेत बताए । शाखा शुभारम्भ कार्यक्रममा स्थानीय नेपालीहरु समेत बाक्लो उपस्थिति रहेको थियो ।
पीपलका Associate director मिलन गुरुङले संचालन गरेको कार्यक्रममा बेक्स्ली नेपाली समाजका अध्यक्ष आनन्द धरेल, पूर्व अध्यक्ष बिजय गुरुङ,राजेश पाठक, सुशील प्रजापति, सचिन श्रेष्ठ,लछुमन गुरुङ,डा सुदर्शन गुरुङ,सुर्य केशी सुरज मास्के लगायतको उपस्थिति रहेको थियो ।
बेलायतकै पहिलो नेपाली फाइनान्सियल पीपल ग्रुपका फानवरो, आस्फोर्ड, स्वीन्डन, हन्स्लो, टीडवर्थ र वेस्लीहिथ सहित ६ स्थानमा शाखा रहेका छन् ।वेस्लीहिथ शाखाको प्रमुखमा पल्लवी श्रेष्ठ तथा केबिन शेन प्रिती गुरुङलाई जिम्मेवारी दिईएको छ ।
बेलायतको फाईनान्सियल सेक्टरमा लामो अनुभव भएका निर्देशक गुरुङ पीपल मोर्गेजेज र पीपल स्टेट एजेन्टस्का निर्देशक पनि हुन् । दुई कम्पनीमा रहेको पीपल ग्रुपमा हाल ४० जना भन्दा धेरै कार्यरत रहेका छन् । 



नेपालीहरुको बाक्लो बसोबास रहेको रस्मुर बरो काउन्सिलको फार्नबोरो नर्थ क्याम्पमा प्रधान कार्यालय रहेको पीपल ग्रुपको बेलायतका विभिन्न सहरमा ६ वटा शाखा विस्तार गरी स्थापनाको समयबाटै उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।भिडियोमा हेर्नुस उद्घाटन समारोह :






