लण्डन । बेलायतबाट भन कति माया गर्दौ मलाई गीतको म्यूजिक भिडियो रिलिज गरिएको छ । उत्तम जंग लिम्बु र दीपा लामाको स्वर रहेको गीतको म्यूजिक भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् ।
प्रेम र रोमान्सलाई समेटिएको गीतको म्यूजिक भिडियोले विशेषत युवा प्रेमी जोडीहरुको प्रतिनिधिति पात्रको रुपमा बोलेको छ । भिडियोमा मोडलद्धय पदम गुरुङ र रिया पुन गुरुङको अभिनय रहेको छ ।
बेलायतका विभिन्न रमणीय स्थानहरुमा छायाकंन गरिएको भिडियो साँच्चिकै विशेष बनेको छ । गीतमा अभिनय गर्ने कलाकारहरुको उत्कृष्ट अभिनयले दर्शकको मन छुन्छ ।
युवा निर्देशक श्रेष्ठको छायांकन तारिफयोग्य बनेको छ । गीतमा बिनोद गुरुङको शव्द र उत्तम जंग लिम्बुले सगींत भरेका हुन् । संजय शाहको एरेन्ज रहेको गीतमा बिकाश धमलाको कलर रहेको छ भने दीपिका श्रेष्ठको कोरियोग्राफी रहेको छ ।
जसमा मेकअप पनि कोरियोग्राफर दीपिकाकै रहेको छ । जसमा सह छायांकन गहेन्द्र शाक्यको रहेको छ ।
हेर्नुहोस् भिडियो






