अछाम : अछाममा पहिरो परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। पहिरोमा पुरिएका १५ श’व निकालिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ।
मृत्यु हुनेको संख्या सबैभन्दा बढी कमलबजार नरगपालिकाको रहेको छ। कमलबजार नगरपालिका ६ ठाँटीखाँदमा ७ जना, वडा नं. ८ मा ५ जना गरी १२ जनाको मृत्यु भएको छ।
यस्तै तुर्माखाँद गाँउपालिका ५ मा २ जना र ढकारी गाँउपालिका ६ मा एकजनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। पहिरोमा परेका ८ जनाको अवस्था अझै अज्ञात छ। उनीहरुको खोजी कार्य जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए।
बेपत्ता हुनेमा तुर्माखाँद गाँउपालिकाका ७ जना र ढकारी गाँउपालिकाका एक जना रहेका छन्। तुर्माखादँमा पहिरोले २ घर पुरिएका छन् भने कलबजारमा २ घर र ढकारीमा एक घर पुरिएको छ।






