एनआरएन यूकेको नवनिर्वाचित कार्यसमितिलाई प्रवासी नेपाली मञ्च यूकेको शुभकामना

लन्डन– प्रवासी नेपाली मञ्च यूकेले गैर आवासीय नेपाली संघ बेलायतको नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको छ ।

मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीले सोमवार एक विज्ञप्ति जारी गर्दै एनआरएनए यूके कार्यसमितिलाई बधाई दिएका हुन् । शनिबार सम्पन्न निर्वाचनले योगकुमार फगामीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । विज्ञप्तिमा एनआरएनए यूकेसँग हातेमालो गर्दे अघि बढ्न मञ्च तयार रहेको जनाइएको छ ।

लोकतान्त्रिक पद्धतिमा सहभागी भएर पनि विजय हुन नसकेका उम्मेदवारप्रति सहानुभुति प्रकट गर्दै मञ्चले निर्वाचनका क्रममा उम्मेदवारले देखाएको उच्च लोकतान्त्रिक संस्कारको प्रशंसा गरेको छ ।

मञ्चले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि भूमिका खेल्ने निर्वाचन समितिसहित सबैलाई धन्यवाद समेत दिएको छ ।