- शिब भण्डारी
लन्डन– पछिल्लो समयमा चर्चामा रहेका कलाकारहरु दसैंका अवसरमा हुने सांगीतिक कार्यक्रमका लागि लन्डन आइपुगेका छन् ।
‘निर जहिले रिसाउने’, ‘पारि त्यो डाँडामा’लगायतका गीतका संगीतकार तथा नेपाल आइडलका निर्णायक कालिप्रसाद बास्कोटा, ‘सुन साइँली’लगायतका गीतबाट चर्चित गायक हेमन्त राना लन्डन आएका हुन् । हिथ्रो विमानस्थलमा बास्कोटा, रानासहित हट एन्ड बोल्ड नायिका सुष्मा कार्की उत्रिएकी छन ।
विमानस्थलमा कलाकारहरुलाई स्वागत का लागि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष एबं युरोपको नेपालीपत्रका डिरेक्टर अफ अपरेसन्स् श्री सिद्धार्थ विक्रम क्षेत्री एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपका बिरेन खड्का अनिल मल्ल सहित कलाकार ममता गुरुङ दिपक खड्का एबम पदाधिकारी एवं सदस्यहरुले स्वागत गरे ।
यसैबीच श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपको आयोजना र नेपालीपत्रको सहकार्यमा बेलायतका विभिन्न सहरमा ‘दसैं धमाका’ कार्यक्रम हुनेछ । अल्डरटस्थित एम्पायर हलमा सेप्टेम्बर १५ साँझ कार्यक्रम गर्नेछन् भने १७ सेप्टेम्बरमा लन्डन हयारो बरो फुटबल क्लव, २३ मा रेडिङस्थित किन्की कोला र प्लमस्टिडमा १ अक्टुबरमा कार्यक्रम गर्ने श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपले जनाएको छ ।
दसैंका अवसरमा हुने सांगीतिक कार्यक्रम बेलायत को कुन कुन सहर मा हुदै छ हेर्नुस —
भिडियो.अपलोड






