सिड्नी । अस्ट्रेलियाको मेलवर्न सहरमा ‘नेपाल फेस्टिबल मेलवर्न २०२२’ हुँदैछ ।
नेपाली कला संस्कृति र रितिरिवाजको प्रवद्र्धन गर्ने उद्धेश्यले एनआरएन अस्ट्रेलिया भिक्टोरिया राज्यको आयोजनामा यही सेप्टेम्बर १० तारिख शनिवारमा मेलवर्नको फेडरेसन स्क्वायर्स हलमा फेस्टिबल हुँदैछ ।
एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष तथा मेलवर्न भिक्टोरिया राज्य परिषद सयोंजक हरि खड्का लगायतका आयोजकका पदाधिकारी अन्य राज्यबाट आएका सहपाठी र अन्य नेपालीहरुलाई शनिवार स्वागत गर्ने तैयारीमा छन् ।
नेपाली मौलिक कला संस्कृतिको प्रवद्र्धन सगैं नेपाली संस्कृति झल्काउने अर्थात नेपाल बोल्ने फेस्टिबल प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको छ । यस वर्ष विगतका वर्षहरुमा भन्दा केही फरक कार्यक्रमका साथ भव्य रुपमा मनाउन लागिएको आयोजकले जनाएको छ ।
नेपाली पहिचानलाई विश्वमाझ पुर्याउनु, नेपालको पर्यटनमा सहयोग गर्नु, नेपाली एकता तथा सद्भावको संदेशलाई विश्वमाझ पुर्याउनु, नेपाली भाषा, कला, संस्कृति, परम्परा, खाना लगायत नेपाली मौलिकताको प्रबर्द्धन गर्नु र नयाँ पुस्तालाई नेपालको माटोसंग जोडिराख्नु नेपाल फेस्टिवल आयोजना गर्नुका मूख्य उद्देश्य रहेको खड्काले बताए ।
खड्का लगायत उनको टिमले कार्यक्रमको सम्पूर्ण तैयारी सकेर अस्ट्रेलियाका अन्य राज्यमा रहेका सहपाठी एवम् शुभचिन्तक र अन्य राज्यका नेपालीहरुलाई शुक्रवार बेलुकीको गाला डिनर देखिनै स्वागत गर्ने तैयारीमा रहेका छन् ।
फेस्टिबलमा नेपाली मौलिक खानाका परिकार, नेपाली कला संस्कृति तथा भेषभुषाको प्रदर्शन,परेड,नेपाली गायक गायिकाहरुको सागींतिक प्रस्तुती सगैं अन्य विभिन्न मनोरञ्जनात्मक र सामाजिक कार्यक्रमको समेत आयोजना गरिएको नेपाल फेस्टिबल मेलवर्नकी मिडिया सयोंजक निरु त्रिपाठीले जानकारी दिईन् ।
कार्यक्रमको तैयारी देखि अहिलेसम्म सोचेभन्दा पनि राम्रो कार्यक्रम भईरहेको भन्दै उनले मात्र अब घडीको सुईमा शनिवार १० बजे कतिबेला टिगंटिगं बज्छ भन्ने प्रतिक्षा मात्रै रहेको बताईन् ।
कार्यक्रममा बहुचर्चित नेपाली लोकदोहोरी गायक बद्री पगेंनी, गायिका एलिना चौहान सहित रक व्याण्ड कबवेवको प्रस्तुति मुख्य रहने छ । शनिवार फेस्टिबल हुनु अगाडी आयोजकले शुक्रवार गाला डिनरको आयोजना गरेको छ ।
कार्यक्रममा अस्टेलियाकालागि नेपाली राजदुत कैलाशराज पोखरेल, विभिन्न राज्यका अवैधानिक राजदुतहरु, सयोंजकहरु लगायतका विशिष्ट पाहुनाको समेत उपस्थिति रहने छ ।
कार्यक्रमको नेपाली अवैतनिक महावाणिज्यदूतका कार्यालय, क्यानबेरास्थित नेपाली राजदूतावास, बहुसांस्कृतिक समुदाय तथा बहुसांस्कृतिक विभागसहित नेपाली संघसंस्थाले सहकार्य गरेको खड्काले बताए ।
यस वर्ष मेलबर्नमा आयोजना गरिएको नेपाल फेस्टिवल मेलबर्नको छैठौं नेपाल फेस्टिवल हो । यसभन्दा अघि मेलबर्नमा सन् २०१८ मा पाँचौं नेपाल फेस्टिवलको आयोजना भएको थियो । उक्त कार्यक्रममा ४५ हजार जनाको सहभागिता रहेको थियो ।






