रुपन्देही । दुई वर्षअघि रुपन्देहीको सालझण्डीस्थित फायरलाइन जंगलमा एक महिलाको हत्या गर्ने व्यक्ति पक्राउ परका छन् ।
२०७७ साल फागुन १० गते गुल्मी अर्खवाङ घर भई रुपन्देहीको तिलोत्तममा बस्ने वर्ष ३४ की बसन्ती भनिने धनकुमारी अर्यालको हत्या गर्ने कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ७ बस्ने काशीराम मुराउलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अनैतिक सम्बन्धका कारण मृतक अर्यालको पेटमा गर्भ बसेपछि काशीरामले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए।
प्रहरीका अनुसार मृतक अर्याललाई मुराउले घाँटी थिचेर हत्या गरी जंगलमा रुखमा बाँधेर छोडेका थिए। शव गलिसकेको अवस्थामा अर्यालको शव भेटिएको थियो।






