सिड्नी । डा.वावुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको प्रवास स्थित भातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियाको कार्यसमिति पुर्नगठन गरिएको छ ।
शनिबार सम्पन्न समाजको बैठकले सुमन खरेल अध्यक्ष रहेको १९ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा संसार पुन,महासचिवमा कृष्ण कार्की,सचिवमा टिकाराम राई,कोषाध्यक्षमा टिकाराम सापकोटा, पब्लिक अफिसरमा तीर्थराज कार्की,युवा संयोजकमा संजीव अंगाई सहित अन्य सदस्यहरु रहेको नव गठित समितिका अध्यक्ष खरेलले जानकारी दिए ।
समाजको केन्द्रिय सदस्यहरुमा सुवान चौलागाईं, तिर्थराज कार्की, बाबु गोर्खाली, वीर बहादुर राई, सन्तोष आचार्य, अनुप गौतम, सुबिन श्रेष्ठ, प्रिति कडारियन, लक्ष्मण भण्डारी, अमर अधिकारी, सचिन रानाभाट, निशान्त नेपाल, सीताराम पन्त र सन्जिब अंगाई लगायत रहेका छन् ।
राजनैतिक भन्दा पनि सामाजि क्षेत्रमा क्रियाशिल रहने संस्थाको प्रमुख उद्धेश्य रहेको अध्यक्ष खरेलको भनाई छ । अष्ट्रेलियामा रहेका समुदायको सेवा, विशेषगरि अन्तराष्ट्रिय विद्यार्थीहरुको समस्या समाधानमा केन्द्रित रहने र यहाँ रहेका अन्य संघ संस्था तथा राजदुतावाससगं सहकार्य गरी विभिन्न समाजिक कार्यहरु गर्ने आफुहरुको ध्येय रहेको उनले बताए ।
नवगठित समिति लाई नेपाल समाजवादी पार्टीका कार्यकारी सदस्य तथा प्रवास प्रदेश समितिका ईन्चार्ज जिएस गुरुङ, नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा प्रवास प्रदेश समितिका अध्यक्ष धन गुरुङ, नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा प्रवास प्रदेश समितिका उपाध्यक्ष सुवन चौलागाईं र आईएनएस अष्ट्रेलियाका पूर्व महासचिब तिर्थराज कार्कीले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चका महासहिव अच्यूत थपलिया, नेपाली जनप्रगतीशिल मञ्च अष्ट्रेलियाका कोषाध्यक्ष प्रतीक पोखरेल लगायतले सम्बोधन गरेका थिए । सुमन खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सन्तोष आचार्यले गरेका थिए ।






