जिउँदै मान्छेलाई जलाएकाे आराेपमा जेल रहेका आलम उम्मेदवार सिफारिस

काठमाडौँ । नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट कारागारमा रहेका मोहम्मद अफताव आलमलाई उम्मेदवार सिफारिस गरेको छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको रौतहट कांग्रेसले जनाएको छ ।

जिउँदो मान्छेलाई इँटा भट्टामा हालेको आरोपमा नख्खु जेलमा रहेका आलमलाई २०७६ असोज २६ मा प्रहरीले पक्राउ गरेको थियो । उनलाई २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

उनीमाथि २०६४ चैत २७ मा राजपुरमा भएको बम विस्फोटका घटनामा संलग्न रहेको र घाइते भएकाहरूलाई इँटाभट्टामा जिउँदै जलाइएको परिवारका सदस्यहरूले आरोप लगाउँदै आलममाथि किटानी जाहेरी दिएका थिए ।

यसअघि आलम रौतहट २ बाटै निर्वाचित भएका थिए ।