सिर्जनशील लेष्टर नेपालको तीज कार्यक्रम : दरखाँदै छमछमी नाच्दै, अध्यक्षको जन्मदिनले थप्यो रौनक

लन्डन । सिर्जनशील लेष्टर नेपाल युकेले तीज पर्व विविध कार्यक्रम सहित भव्य रुपमा मनाएको छ । नटिघंम ईम्पेरियल हलमा आयोजित दरखाने कार्यक्रम सहित अन्य सांस्कृतिक कार्यक्रमक साथ भव्य रुपमा तीज मनाईएको हो ।

हरितालिका तीजको अवसरमा आयोजित तीज महोत्सवमा संस्थाका अध्यक्ष नारायण फ्युयालको अध्यक्षत रहेको थियो । कार्यक्रममा सहभागी महिलाहरुलाई निशुल्क दर खुवाइएको थियो भने निकै उत्साहका साथ सहभागी महिला दिदी बहिनीहरुले नाचगान तथा रमाईलो गरेका थिए ।

कार्यक्रममा नेपालबाट आएका गायक राजन कार्की र स्थानीय कलाकार राम बञ्जाडेले सांगीतिक प्रस्तुतिमार्फत् मनोरञ्जन दिलाए । सहभागीहरु राती अबेरसम्म तीजका भाकाहरुमा नाचगान गरेर रमाएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष फ्युयालले समाजले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गरेका छन् । उनले नेपाली मौलिक संस्कृति र चाडपर्वहरु साथै विविधताले धनी नेपालीहरुका सम्पति भनेकै यिनै चाडपर्वहरु रहेकाले यीनको संरक्षणमा सदैव आफ्नो संस्था लागिरहने बताए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व अध्यक्ष एवम् एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटा, संस्थापक अध्यक्ष राजु कँडेल, नेपाली समाज नटिङहमका अध्यक्ष रविन्द्र शर्मा लगायतले मन्तव्य दिंदै तीजको शुभकामना दिएका थिए ।

त्यस अवसरमा समाजका पूर्व अध्यक्षहरु बलराम चापागाई, पशुपति पोखरेल, साझा नेपाली समाजका उपाध्यक्ष प्रेम आलेमगर, गुल्मी जिल्ला समाज यूके उपाध्यक्ष वरुण भण्डारी, एनआरएनए यूके कार्यसमिति सदस्य भानु घिमिरे लगायतको पनि सहभागीता रहेको थियो ।

समाजका महासचिव पुण्डरी अर्यालले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सदस्य माया खरेल प्रधानले दिएकी थिइन् । कार्यसमिति सचिवद्धय लक्ष्मण गौतम ‘धन्तरी’ र शिव पराजुलीले संयोजनमा भूमिका खेलेका थिए ।

कोषाध्यक्ष मधुसुधन पौडेलसहित कार्यक्रमसमितिका पदाधिकारीले विभिन्न जिम्मेवारी सम्हालेका थिए । तीज गीतको कार्यक्रमसगैं अन्त्यमा अध्यक्ष फ्युयालको जन्मदिन समेत मनाईएको थियो । उक्त अवसरमा उनलाई विभिन्न व्यक्तिहरुले शुभकामना व्यक्त गर्दै जन्मदिनको खुसीयाली व्यक्त गरेका थिए ।

कार्यक्रममा अतिथिको रुपमा उपस्थित ईन्सुरेन्स विज्ञ रोशन रेग्मी पनि जन्मदिनको अवसर पारेर सोही कार्यक्रममा जन्मदिन मनाईएको थियो ।