अष्ट्रेलियामा साराको पहिलो तीज विशेष म्यूजिक ईभेन्ट्स हुँदै

सिड्नी । । सारा ईभेन्ट्स एण्ड ईन्टरटेन्टमेन्ट अष्ट्रेलियाले पहिलो पटक सागींतिक कार्यक्रम गर्ने भएको छ । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तीज ईन स्टाईल कार्यक्रमको आयोजना गरिएको छ ।

अगष्ट १४ तारिख आईतबार दिउँसो ३ बजेदेखि न्यू साउथ वेल्स स्थित हिमालय प्यालेसमा कार्यक्रम हुने भएको छ । कार्यक्रममा नेपाली चर्चित कलाकारहरुको सागींतिक प्रस्तुतीसगैं अन्य विविध मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको सारा ईभेन्ट्सकी संस्थापक सबला बस्नेतले जानकारी दिईन् ।

कार्यक्रममा चर्चित लोकदोहोरी गायक एवम् सर्जक शिव हमाल,पुरुषोत्तम गैरे, गायिका मेलिना राई, सन्ध्या कोईराला लगायतले दर्शकहरुलाई आफ्नो प्रस्तुती दिनेछन् । त्यस्तै चर्चित नृत्याङ्गाना दिपाशा विश्वकर्माले आफ्नो नृत्य प्रस्तुत गर्ने बताईएको छ । त्यस्तै सोही अवसरमा कलाकारहरुबीच रोचक लाईभ दोहोरी समेत हुनेछ ।

अष्ट्रेलियामा आएर नेपाली युवाहरुले आफ्नो करियरसगैं सामाजिक तथा अन्य विभिन्न कार्यक्रमहरुमा सहभागी हुने उद्धेश्यले ईभेन्ट्सको स्थापना गरेको र यसले नेपाली गीतसगींतको प्रवद्र्धन गर्ने कार्य गर्ने संस्थापक बस्नेतले बताईन् । संस्थाको उद्धेश्य बमोजिम पहिलो पटक सागींतिक कार्यक्रम आयोजना गरिएको भन्दै उनले उपस्थितिका लागि सबैसगं आग्रह गरिन् ।

कार्यक्रम प्रवेशका लागि ४० डलर टिकट लाग्ने आयोजकले जनाएको छ । कार्यक्रममा उपस्थित दर्शकहरु मध्येबाट एकजना लक्की ड्र मार्फत विजेता हुनेलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

कार्यक्रमको टाईटल ईस्पोन्सरको रुपमा केटिएम कन्सल्टेन्ट ग्रुप र सफायर रियलस्टेटले साथ दिएका छन् भने विभिन्न व्यवसायिक सघंसंस्थाहरुले प्रायोजन गरेका छन् ।