कमेरो इभेन्ट र रकडेल ब्याइजले नेपाली न्युइयर इभको पार्टी गर्दै

तक्दीर अधिकारी
सिड्नी । कमेरो इभेन्ट र रकडेल ब्याइजले संयुक्तरुपमा सिड्नीमा नेपाली नयाँ वर्षको अवसर पारेर न्यूइयर इभ पार्टी आयोजना गरेको छ । होटल सार्कमा १३ अप्रिलमा आयोजना हुने उक्त पार्टी साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म चल्नेछ ।

पार्टीमा न्याक्सट्रा सांगीतिक ब्यान्डको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । सुशील डिजेलगायत अन्य ४ जना डिजेले पार्टीलाई मनोरञ्जनात्मक बनाउने छन् । त्यसबाहेक स्थानीय कलाकारको प्रस्तुतिका साथै -याप गीतले पार्टीलाई अविश्वमरणीय बनाइने आयोजक कमेरो इभेन्टले जनाएको छ ।

कार्यक्रमलाई कंगारु इजुकेशन भिसा सेन्टरले मुख्य प्रायोजन गरेको छ । सिड्नी सिटी, मार्की होम्स, सफाय रियलस्टेट र २ शेर्पा बियर सहप्रायोजकका रुपमा रहेका छन् । २ शेर्पा वियरले अस्ट्रेलियामा पहिलो पटक प्रवेश पाएको हो । बियरका पराखीमाँझ शेर्पा वियर अस्ट्रेलियामा नियमित उत्पादनको तयारीमा छ ।