सिड्नी । सुपरहिट फिल्म नेपाली चलचित्र ’म यस्तो गीत गाउँछु २’ अस्ट्रेलियाको सिड्नीमा शुक्रवार प्रदर्शन हुँदैछ ।
नेपालीहरूको बाक्लो बस्ती रहेको हस्र्टविल को सिविक थीयटरमा जुलाई २२ तारिख शुक्रवार साँझ ६ बजे बाट फिल्म प्रदर्शन हुने कलर्स अफ नेपाल ईभेंट कम्पनीका प्रबन्धक बिक्रम पौडेल पौडेलले जानकारी दिए ।
साथमा शुक्रबार “मीट एंड ग्रीट“ कार्यक्रममा सुदर्शन थापा, पूजा शर्मा, दिनेश डीसी र नेपसीनेका सीओओ तथा म्यूीजक भिडीओ डिरेक्टर्ज़ गिल्ड अफ नेपाल’ का प्रेसिडेंट बिधान कार्की समेतको उपस्थिति हुने बताईएको छ ।
लामो समयदेखि अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको वितरण गर्दै आएको नेपसिने संगको सहकार्यमा “कलर्स अफ नेपाल ईभेंट कम्पनी“ ले सिड्नीको प्रदर्शन अधिकार पाएको सीईओ पौडेलले बताए ।
सिड्नी प्रदर्शनमा पनि फिल्मले दर्शकको राम्रो साथ पाउने उनको विश्वास छ । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी लगायतको अभिनय छ । निर्मात्री तथा अभिनेत्री पूजा शर्माको नेपालमा जस्तै विदेशमा पनि दर्शकहरुले फिल्मलाई मन पराउने विश्वास छ ।
प्रेम कथामा आधारित चलचित्रमा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ ।






