एजेन्सी । भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् ।
बिहीबार राति सम्पन्न मतगणनाअनुसार एनडीएकी उम्मेदवार उनी राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी हुन् ।
भारतको राष्ट्रपतिका लागि कुल १० लाख ८६ हजार ४३१ इलेक्ट्रोरल मत हुन्छ । जसमा द्रौपदीको पक्षमा आधाभन्दा बढी मत परेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । उनको शपथ जुलाई २५ मा हुने बताइएको छ ।
को हुन् द्रौपती मुर्मू ?
द्रौपदी मुर्मू सबैभन्दा लामो समय झारखंडको राज्यपाल भइसकेकी हुन् । उनले मे २०१५ बाट झारखंडको नवौ राज्यपालको रुपमा कार्य गरेकी थिईन उनको कार्यकाल सन २०२० मा समाप्त भयो ।
झारखण्ड गठन गरेपश्चात पाँच बर्ष पुरा गर्ने एक मात्र महिला राज्यपाल उनी हुन् । अहिले सम्म पाँच बर्ष पुरा गर्ने राज्यपाल उक्त राज्यमा छैन । द्रौपदी मुर्मूको जन्म २० जुन १९५८ मा ओडिशाको मयुरभंज जिल्लाको बैदापोसी गाँउमा भएको थियो ।
उनको पिताको नाम बिरंची नारायण टुडु हो। उनको जन्म संताल परिवारमा जन्म भएको भने द्रौपदी मुर्मूको विवाह श्याम चरण मुर्मूसँग भएको हो । यो दम्पत्तीको दुई छोरा र एक छोरी रहेका छन् ।
शिक्षिका बनेर करिअरको शुरुवात गरेकी मुर्मू एकपटक राज्य मन्त्री भईसकेकी छिन् । उनी सन् २००० मार्चदेखि २००२ अगस्टसम्म राज्यमन्त्री भएकी थिईन् ।






