रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले तीज धमाका गर्दै : सकंलित रकम बालबालिकालाई सहयोग गरिने

सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले तीज धमाका गर्ने भएको छ । विभिन्न सामाजिक कार्यमा सक्रिय सञ्जालले अनाथ तथा असहाय र फरक क्षमता भएका बालबालिकाहरुको सहयोगार्थ उक्त कार्यक्रम गर्न लागेको हो ।

हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर आगामी अगष्ट २० तारिखमा ईन्द्रेणी फंक्सन सेन्टर रक्डेलमा कार्यक्रमको आयोजना गरिएको छ ।

असहाय बालबालिकाहरुको सहयोग गर्ने र आफ्नो मातृभूमी छाडेर परदेशमा रहेका दिदी बहिनीहरुलाई जमघट गराई मौलिक तीजको झल्को दिने उद्धेश्य सहित कार्यक्रम आयोजना गरिएको सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलले जानकारी दिए ।

“नेपाली कला संस्कृति र मौलिक हरितालिका तीजको महत्व झल्काउने गरी कार्यक्रम आयोजना गरिएको छ लण्डन नेपाल न्यूजसगंको कुराकानीमा पोखरेलले भने मनोरञ्जनात्मकसगैं कार्यक्रम सामाजिक सेवासगं पनि जोडिएको छ ।”

तीज धमाकामा नेपालका बहुचर्चित कलाकारहरु शान्ति श्री परियार र खुमन अधिकारी लगायत स्थानीय कलाकारहरु निशान ढकाल,रमन रेग्मी,ईश्वर पोखरेल अविरलले पनि सागींतिक प्रस्तुती दिनेछन् ।

पछिल्लो समय सामाजिक संरचना र सामाजिक रुपान्तरण तथा नेपाली लोक दोहोरी क्षेत्रमा एक अब्बल र स्थापित कलाकारको रुपमा पहिचान बनाएकी शान्ति श्री परियार र खुमन अधिकारीले नेपालको सांस्कृति पर्व तीजको नेपालको झल्को मेटाउने गरी प्रस्तुती दिने सञ्जालकी नेपाली कला साहित्य तथा संस्कृति सयोंजक सुचना पाण्डेले जानकारी दिईन् । ।

कार्यक्रम विशुद्ध सामाजिक कार्यकालागि आयोजना गरिएको र बालबालिकाको सहयोगार्थ च्यारिटी कार्यक्रम समेत रहेकाले विभिन्न पेशा व्यवसाय,अगुवा तथा सम्पूणर् नेपालीहरुलाई उपस्थितिका लागि अध्यक्ष पोखरेलले अनुरोध गरेका छन् ।

अजि फाईनान्स एण्ड होम लोनको मुख्य प्रायोजक रहेको कार्यक्रमलाई एक्स्पर्ट  एजुकेशन एण्ड भिषा सर्भिसेस,मल्टि डायनामिक रियल स्टेट,ल्याण्ड एण्ड लिज रियलस्टेट,किगंस्फोर्ड एजुकेशन कन्सल्टेन्सी,आइकोनिक एजुकेशन ग्रुप, एभरेष्ट ट्राभल्स एण्ड टुर्स र सनराईज मिट एण्ड ग्रोसोरिस लगायतका अन्य दर्जनौँ विभिन्न व्यवसायिक संस्थाहरुले प्रायोजन गरेका छन् ।

रुपन्देही स्थायी घर भई हाल अस्ट्रेलियामा रहेका नेपालीहरुको साझा संस्था रुपन्देही सामाजिक सञ्जालले असहाय अपागं तथा गरिब र विपन्नलाई सहयोग गर्दै आईरहेको छ । विगत ६ वर्षदेखि क्रियाशिल संस्थाले कोरोना महामारी,विनासकारी महाभुकम्पको बेलामा नेपाल लगायत गृह जिल्लामा थुप्रै राहत तथा परोपकारी गर्दै आईरहेको छ ।