बेलायतबाट गायिका सुमिताले ल्याईन् ‘खुशी’ (भिडियो सहित)

लण्डन । गायिका सुमिता राईको सुख ‘खुशी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

बेलायतका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको देश प्रेमले भरिएको गीतमा गायिका राईकै अभिनय रहेको छ । परदेशको ठाउँमा, मन त हजुर उतै हुन्छ आफ्नै गाउँ घरमा जस्ता मर्मस्पर्शी शब्दहरुले भरिएको गीतको हिमकला किरातीले रचना गरेका हुन् भने गंगाराज राईको संगीत रहेको छ ।

बेलायतमा चर्चित युवा निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशन रहेको गीतको सह निर्देशन दीपिका श्रेष्ठले गरेकी छन् । नबिन निरौलाको कलर रहेको भिडियोको नेपालमा छायांकन विष्णु भट्राईले गरेका हुन् ।

सानै उमेर देखि गीत संगीतमा लगाव राख्ने गायिका सुमिता खोटाङ जिल्लामा जन्मेर धरानमा हुर्र्किएकी हुन् । उनले आफ्नो पहिलो गीत सन् २०१९ अगष्टमा बजारमा ल्याएकी थिईन् ।

उनले सगुन एल्बमबाट ७ वटा गीत बजारमा ल्याएकी छिन् । सन् २००३ मा बेलायत पुगेकी उनी परिवार सहित बेलायतमा बस्दै आएकी छिन् ।