काठमाडौं । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएकी छन्।
पदबाट बहिर्गमन हुन नचाहेपनि पार्टी (नेकपा एकीकृत समाजवादी) ले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि उनी राजीनामा दिन बाध्य भएकी हुन् ।
बिदाइ कार्यक्रममा मन्त्री झाँक्री भावुक पनि बनिन् । उनी कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा आँखामा आँसु छचल्किएको थियो ।
बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाइसकेपछि उनी पत्रकार सम्मेलनमा उपस्थित भएकी थिइन् ।
मन्त्रीका रूपमा अन्तिम पत्रकार सम्मेलनमा झाँक्री निकै भावुक देखिईन् । उनको अनुहारमा पूर्ण रूपमा उदासी छाएको थियो भने मुस्कान हराएको थियो ।
उनी लामो समयसम्म कागजमा घोत्लिँदै झोँक्राएकी थिईन् । पटक पटक नेपकिनले आँखा पुछेकोसमेत देखिएको थियो । आँखामा गाजल लतपतिएको थियो ।






