लन्डन । बेलायतमा एक नेपाली युवक विगत १ महिनादेखि बेपत्ता भएका छन् ।
लन्डनको हेजमा बस्दै आएका २४ वर्षीय रिदम पोखरेल गत मे २९ तारिखदेखि हराईरहेका छन् । प्रहरीले खोजि कार्य जारी राखेको लामो समयसम्म पनि उनको अवस्था अज्ञात भएपछि अवस्था चिन्ताजनक बनेको छ ।
बेलायती प्रहरीका अनुसार विभिन्न ठाउँमा खोजि गर्दा पनि उनको अवस्था बारे केही थाहा हुन सकेको छैन् । हिलिङडन प्रहरीले उनको खोजीमा सघाउन आग्रह गर्दै एक अपिल जारी गरेको छ ।
उनको बारेमा कुनै जानकारी भए रिफरेन्स 104/21June उल्लेख गरी १०१ मा प्रहरीलाई खबर गर्न आग्रह समेत गरिएको छ । रिदमको खोजीमा सघाउने उद्धेश्यले बेलायतवासी नेपालीहरुले पनि सामाजिक सञ्जालमार्फत् अपिल शेयर गरिरहेका छन् ।







