नेपालीहरूले भारतीय दूतावासलार्इ तेल दान गर्ने

काठमाडौं २० असाेज ।  भारतको काठमाडौं स्थित दूतावासले नेपाल आयल निगमसँग इन्धन मागेपछि ट्विटर प्रयोगकर्ताले तेल दान गर्ने अभियान सुरु गरेका छन्। नेपालमाथि नाकाबन्दी लगाउने भारतविरुद्ध रचनात्मक बिरोध जनाउन ट्विटर प्रयोगकर्ताहरु अहिले तेल माग्दै ट्विट गरिरहेका छन्।

लाखौं ट्विटर प्रयोगकर्ताहरुले #DonateOilToIndianEmbassy ह्यास ट्याग राखेर तेल संकलन गरिरहेका हुन्। आपूर्ति बन्द भएसँगै तेलको अभावले सर्वसाधारण नेपालीको जनजीवन कस्टकर बन्दै गएको अवस्थामा भारतीय दूतावासले निगमसँग तेल मागेको थियो। त्यसको जवाफस्वरुप ट्विटर प्रयोगकर्ताले दूतावासलाई तेल दान गर्ने अभिायन चलाएका हुन्।

ट्विटर प्रयोगकर्ताले दिउसो ३ बजे लैनचउरमा लाइन लागेर दूतावासमा तेल बुझाउने कार्यक्रम तय गरेका छन्। लैनचउर स्थित भारतीय दूतावासले निगमसँग १०० देखि १५० लिटर तेल उपलब्ध गराउन पत्र लेखेको थियो।

अंगिकृत नागरिकले प्रधानमन्त्री तथा राष्ट्रपति बन्न पाउनुपर्ने, मधेसबाट राष्ट्रिय संसदमा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने लगायत माग राखेर नेपालमाथि नाकाबन्दी गर्दै आएको छ।