पर्यटनमन्त्री प्रेम आलेले मन्त्री पदबाट राजीनामा दिए

dGqL cfn] sf7df8f}F, @( h]7 M ;+:s[lt ko{6g tyf gful/s p88ogdGqL k|]daxfb'/ cfn] cfOtaf/ lqe'jg cGt/f{li6«o ljdfg:yn cfGtl/s 6ld{g ejgsf] lj:tfl/t k|:yfg sIfdf dGtJo JoQm ub}{ . tl:a/ M ljdnaxfb'/ lji6÷/f;;

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

आलेले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएको बताईएको छ । पार्टीले आलेसहित सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

सोहीअनुसार आलेले आज अध्यक्ष नेपालसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आलेले आफ्नो कार्यकालमा भएका कामको बारेमा प्रकाश पार्न आजै पत्रकार सम्मेलन गर्ने भएका छन् । आलेले आफूले ४८ घण्टाभित्र राजीनामा दिन्छु भनेर घोषणा गरेअनुसार नै अध्यक्षसामू राजीनामा बुझाएको जानकारी दिए ।

आज ४ बजे मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेको छु । म आजैबाट पदबाट विदा हुन्छु ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले आज/भोलिभित्रै मन्त्रिपरिषद पूनर्गठनको तयारी गरेका छन् । मन्त्रीहरु हेरफेरबारे पार्टीले लिएको निर्णय कार्यान्वयनको लागि यसअघि माधव नेपालले प्रधानमन्त्री देउवालाई ताकेता गरिरहेका थिए ।