गोर्खा नेप्लिज कम्युनिटी लन्डन बरोद्धारा स्व.बिर्खमाया मादेन थेबेप्रति श्रद्धाञ्जली व्यक्त

लण्डन । गोर्खा नेप्लिज कम्युनिटी लण्डन बरोले स्व.बिर्खमाया मादेन थेबेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
कम्युनिटीका लण्डन बरो अफ हस्लोका वरिष्ठ उपाध्यक्ष शिवा पालुङवाको सासु आमा बिन्दकला थेबे पालुङवा र आजिवन सदस्य सुबिन्द्र थेबेको ममतामयी माता एबम स्व.टिकाबहादुर थेबे की श्रीमती स्व. बिर्खमाया मादेन थेबेको ७६ वर्षको उमेरमा भएको निधनप्रति कम्युनिटीले शोक व्यक्त गरेको हो ।

नेपाल ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका वाड नं ४ स्थायी घर भई हाल छोरा रोहित थेबे र बुहारी नुमा थेबेको साथमा लन्डन प्लमस्टीडमा बसोबास गर्दै आएकी स्व. बिर्खमाया मादेन थेबेको यही जेठ २३ गते ७६ वर्षको उमेरमा भएको निधनले कम्युनिटी परिवार निकै स्तब्ध भएको कम्युनिटीका सचिव धन बहादुर सार्कीले बताए ।

गोर्खा नेप्लिज कम्युनिटी हंस्लोका अध्यक्ष डोल मल्लका अनुसार क़ुईन्स इलीजाबेथ हस्पिटल लण्डनमा उपचार क्रममा उनको निधन भएको हो । साथै मल्लले दुखको यस घडीमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोकलाई शक्तिमा बदल्ने शक्ति भगवानद्धारा प्रदान होस् भनि परिवारजनमा समवेदना समेत व्यक्त गरेका छन् ।