पेट्रोल र डिजेलको मूल्य समायोजन गर्ने तयारी

काठमाण्डौ । सरकारले पेट्रोल र डिजेलको मूल्य समायोजन गर्ने तयारी गरेको छ ।

पेट्रोलियम पदार्थमा लगाईँदै आएको पूर्वाधार कर र भन्सार करको दर घटाएर १० रूपैंयासम्म मूल्य सामायोजन गर्ने विषयमा मन्त्री परिषदले निणर्य गरेको अर्थमन्त्री जनार्दन शर्माको सचिवालयले जनाएको छ ।

सरकारले पेट्रोल र डिजेलमा पूर्वाधार कर वापत १० रुपैयाँ र भन्सार कर वापत २५ रुपयाँ लिँदै आएको छ । दुवै किसिमका करबाट ५/५ रूपैंया घटाउने गरि निणर्य भएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।

यसो गरे सरकारलाई मासिक चार अर्व राजश्व गुम्ने प्रक्षेपण अर्थ मन्त्रालयले गरेको छ । पेट्रोलियम पदार्थमा लगातार मुल्यवृद्वि भईरहेको भन्दै नागरिकहरुले समायोजनको माग गरिरहेका छन् ।