ललितपुर। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढ्नुभएकाे गाडी दुर्घटना भएको छ ।
दाहाल चढ्नुभएकाे गाडी ललितपुर जावालाखेलको स्टाफ कलेज नजिकै टायर पन्चर भएर पोलमा ठोक्किएको जावालाखेल प्रहरीले जनाएको छ ।
दुर्घटनाका कारण दाहालको टाउकोमा चोट लागेको छ । उहाँको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएकाे छ । मेयर दाहाल केही समयदेखि खुमलटार बस्दै आउनुभएको थियो ।






