लन्डन आइपुगे मिस्टर नेपाल सानु, विमानस्थलमा मै भब्य स्वागत (भिडियो सहित)

लण्डन – आगामी मे १२ तारिख शनिबार, यूके नेपाल फेडेरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेस (यूके.एन.एफ.बी.एफ) को आयोजनामा हुने बडिबिल्डिङ प्रतियोगिताको छैटौं संस्करण २०१८’ मा कोचको मुख्य भुमिकाका लागि मिस्टर नेपाल सानु गुरुङ लन्डन आइपुगेका छन् ।

शनिबार बिहान कतार एयरबाट गुरुङ लन्डनस्थित हिथ्रो विमानस्थलको टर्मिनल– ४ मा उत्रिएका छन् । गुरुङलाई युके एन. एफ. बी.एफका अध्यक्ष किशोर गुरुङ, उपाध्यक्ष सुक गुरुङ,महासचिब लोक गुरुङ,कोषाध्यक्ष कुमार गुरुङ एबं सल्लाहकार गंगा गुरुङ लगायतले बिमानस्थल मै भब्य स्वागत गरेका छन् ।

कार्यक्रमको सबै तयारी पूरा भएको अध्यक्ष किशोर गुरुङले बताए । प्रतियोगितामा भीआईपी टिकट २५ पाउण्डको रहेको छ भने सामान्य टिकट १० पाउण्डको रहेको छ भने कार्यक्रममा मोडल अनिता लिम्बूको नृत्य र गायक सुदन गुरुङले सांगीतिक प्रस्तुति दिने छन् । प्रतियोगितामा मेन बडिबिल्डिङ खुला, बिकिनी फिटनेस, जुनियर बडिबिल्डिङ १६ देखि २३ वर्ष र मेन मास्टर बडिबिल्डिङ ४० वर्षमाथि गरी ४ समुहमा प्रतिस्पर्धा हुने यूके.एन.एफ.बी.एफका अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतियोगिताका विजेताले नगद १ हजार पाउण्ड तथा पहिलो र दोस्रो रनर अपले क्रमश: ५ सय र ३ सय पाउण्ड नगदसहितको पुरस्कार पाउनेछन् ।
प्रथम पुरस्कारको प्रायोजन गोर्खा मोर्गेजले गरेको छ । कार्यक्रमका लागि गोर्खा ट्राभल, भेटघाट रेष्टुरेन्ट एण्ड बार, द सिग्नेचर, साम्स क्लिनिङ, कृष्मा एम के सैलुन, माया पब लगायतले सहयोग गरेका छन् ।

यो पटक बर्सफार्नबरोको आकेफार्म कम्युनिटी स्कुलमा आयोजना हुन लागेको प्रतियोगिता सन् २०१३ देखि हरेक वर्ष नै आयोजना भैरहेको छ ।

https://www.facebook.com/londonnepalnews/videos/1620145288103993/