एनआरएन जापानमा महिला फोरम गठन

लन्डन । गैर आवासीय नेपाली संघ एनसिसी जापानको महिला फोरम संयोजकमा सविता श्रेष्ठ चयन भएकी छिन् । एनआरएन एनसिसी महिला संयोजक रहेकी श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय महिला फोरम गठन गरिएको हो । फोरमले चार सदस्यीय सल्लाकार समिति पनि गठन गरेको छ । जसमा ज्वाला संग्रौला सदस्य सचिव चयन भएकी छिन् ।

सदस्यहरुमा क्रमश सिर्जना पाण्डे, संगीता अधिकारी, गंगा डंगोल अन्जु भण्डारी, बिष्णु बानियाँ, निरा उपाध्याय,सरिता ढकाल, स्मृति आचार्य, निरा केसी, सिता राणा, सरु बास्तोला, सुनिता महर्जन श्रेष्ठ, कमला गैरे, धर्मिका घिमिरे, दिपा घिमिरे, शक्खु खान, ज्योती पौडेल, ग्रीष्मा ओकोमोतो र लक्ष्मी दुलाल छिन् । फोरमको सल्लाहकार समुहमा,इन्दिरा सुजुकी, प्रेमिला गौचन, पवन वर्षा शाह र शुष्मा ओमाता चयन भएकी छिन् ।