अस्ट्रेलियाका लागि नेपाली राजदुतमा कैलाश पोख्रेल

सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदुतका रुपमा कैलाश पोखरेलको नाम सिफारिस गरिएको छ ।

बिहिवारको मन्त्री परिषद बैठकले विभिन्न २० देशका लागि राजदुत नियुक्तीका लागि सिफारिस गर्ने निणर्य गरेका थियो । जसमध्ये अष्ट्रेलियाका लागि कैलाश पोखरेल सिफारिसमा परेका हुन् ।

अस्ट्रेलियामा लामो समय देखि राजदुत नियुक्ति हुन सकेको थिएन् । राजदुतमा सिफारिस पोखरेल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका ज्वाइँ हुन् ।

उनी यसअघि अमेरिकाका लागि नेपालको राजदूतावास वासिङ्टन डीसीमा पहिलो इकोनोमिक काउन्सिलर भएर गएका थिए ।