युनिभर्सिटी अफ सेन्ट्रलका विज्ञहरुले महाविर पुनलाई स्वागत तथा अन्तरक्रिया गर्दै

लण्डन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् नेपाली वैज्ञानिक महाविर पुन मगर र युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरका विज्ञहरुबीच अन्तरक्रिया हुने भएको छ । नेपाली विज्ञान र प्रविधि क्षेत्रको खोज तथा अनुसन्धान र सम्भावनाका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको कार्यक्रम सयोंजक एवम् बिज एजुकेशन कन्सलटेन्सीका प्रबन्ध निर्देशक हरी कार्कीले जानकारी दिए ।

कार्यक्रममा नेपाल एजुकेशन काउन्सील युकेका पदाधीकारीहरु वसन्त नेपाल लेखनाथ गैरे गणेश खड्का कृष्ण खनाल लगायतको उपस्थिती रहने उनले जानकारी दिए ।

अप्रिल ६ तारिखमा हुने कार्यक्रममा युनिभर्सिटीका विज्ञहरु, विद्यार्थी तथा अन्य नेपाली समुदायका व्यक्तिहरुले पुनसगं राष्ट्रिय आविष्कार केन्द्र तथा नेपालमा खोज तथा अनुसन्धानमा भईरहेका प्रयासहरुका बारेमा जिज्ञासा राख्ने र सोही विषयमा केन्द्रीत रहेर छलफल गरिने कार्कीले बताए ।

दिउँसो २ बजेदेखि ३ बजेसम्म छलफल र अन्तरक्रियासगैं नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा खोज र अनुसन्धान तथा सम्भाव्यताका विषयमा छलफल गरिने कार्कीको भनाई छ ।

को हुन महाविर पुन  महावीर पुन एक नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी हुन् ।

वायरलेस प्रविधिद्वारा देशका ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल महावीर त्रिभुवन विश्वविद्यालयभित्र रहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि हुन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुनको देशलाई विकासको गतितिर अग्रसर गराउनेमा विशेष योगदान छ ।

‘इन्टरनेट हल अफ फेम’, ‘समग्र सामाजिक नवीनता पुरस्कार’, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागासेसे अवार्ड’ जस्ता महत्त्वपूणर् सम्मान प्राप्त पुनलाई नेपालको विज्ञान र अनुसन्धानमा उल्लेखनीय योगदान गरेको भन्दै अमेरिकाको नेब्रास्का विश्वविद्यालयले मानार्थ ‘डाक्टर’समेत दिएको छ ।

पुनले सन् २०१२ मा सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका थिए ।