विष्णु प्रसाद आचार्य, चकित, गुल्मी ।
नवजीवन परोपकारी सहकारी संस्थाको विशेष पहलमा मुसिकोट २ रातचौरका चुमानसिँह खत्रीको घर निर्माणमा आर्थिक सहयोग जुटेको छ ।
उक्त संस्थाको विशेष पहल तथा मुसिकोट नगरपालिका वडा नं. ७ स्मालिथान स्थायी घर भइ हाल बेलायत बस्दै आ्एकी प्रतिमा केसिको अगुवाईमा मुसिकोट खत्रिको घर निर्माणको लागि ४६ हजार ५ सय ५ रुपैया संकलन गरी परिवारलाइ हस्तान्तरण गरिएको छ।
खत्रिको गत असार १८ गते गएको पहिरोले घर पूर्णरुपमा क्षति भएको थियो।
उक्त रकम सहयोग गर्नेहरुमा प्रतिमा केसि ३५ पाउण्ड, रमा केसि २५ पाउण्ड, माया न्यौपाने २० पाउण्ड, विमला थापा २० पाउण्ड, सम्झना कार्कि २० पाउण्ड, तुलकुमारी जुग्जाली १५ पाउण्ड, जमुना कार्कि १५ पाउण्ड, भावना न्यौपाने १५ पाउण्ड, बिर्मा विष्ट १५ पाउण्ड, कृष्ण भट्टराई १५ पाउण्ड, सिर्जना कँडेल अर्याल १५ पाउण्ड, सोभा कुवँर १० पाउण्ड, भावना कँडेल १० पाउण्ड, नन्दु बुढाथोकी १० पाउण्ड, मिना शर्मा १० पाउण्ड, कमला कँडेल १० पाउण्ड, रिता गौतम १० पाउण्ड, पुजा थापा १० पाउण्ड, तुलसी भट्टराई १० पाउण्ड, र कल्पना कार्कि १० पाउण्ड रहेका छन् । नवजीवन परोपकारी संस्थाका अध्यक्ष दिन बहादुर केसी बिष्णुले सो रकम हस्तान्तरण गरिएको जानकारी दिदै अन्य संघसंस्थाको समेत पहलमा रकम संकलन भइरहेको जानकारी दिए ।






