मोर्चाले सरकारलाई चैतभर कुर्ने

morchaकाठमाडौं – प्रधानमन्त्री केपी ओलीलाई मधेस आन्दोलनका माग सम्बोधन गर्न फागुन २८ गते एकमहिने अल्टिमेटम बुझाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चैतभरि सरकारको कदम पर्खने गरी कुनै गतिविधि नगर्ने निर्णय लिएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको सानोठिमीस्थित निवासमा बसेको मोर्चा आबद्ध सात मधेस केन्द्रित दलका अध्यक्ष तथा सचिवालय सदस्य बैठकले मोर्चाका तर्फबाट चैतभरि कुनै औपचारिक विरोध कार्यक्रम नगर्ने, माग सम्बोधन नभए वैशाख पहिलो सातादेखि मधेस आन्दोलन सुरु गर्ने निर्णय गरेको छ ।