भक्तपुर। भक्तपुरमा गएराती भएको सवारी दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । गएराती भक्तपुरको सिर्जनानगरमा राधेराधेबाट सल्लाघारी तर्फ आउदै गरेको बा ४ ख. २००१ नं हेलम्बु यातायातको बसले । सोही दिशा तर्फ आउदै गरेको प्रदेश नं ३–०२–००६ प ६११४ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
चाँगुनारायण नगरपालिका ८ सुडालका ३७ वर्षका रमेश तिमिल्सिना मृत्यु भएको हो । गम्भिर घाइते भएका उनलाई उपचारको लागि डा.ईवामुरा अस्पताल सल्लाघारी ल्याइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने बसको चालक सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका ७ घर भई हाल काठमाण्डौ माकलबारी बस्ने २८ वर्षको सागर बिक्रम थापालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसर डीएसपी राजु पाण्डेले बताए ।






