अभिनेत्री प्रियंका कार्कीमाथि सिआईबीले थाल्यो अनुसन्धान

काठमाण्डौ । अभिनेत्री प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ ।

डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा ब्यूरोले उनलाई अनुसन्धानको दायरामा ल्याएको हो ।

अनुसन्धान ब्यूरोले कार्कीलाई आइतबार अनुसन्धानका लागि बोलाएको छ।  केही समयअघि सामाजिक सञ्जालमा भिडिओ पोष्ट गरेर उनले भनेकी थिइन्, ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ ।