गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका स्थित झरना युवा क्लबले आयोजनामा अन्तर जिल्ला स्तरिय भलिबल रनिङ्ग कप प्रतियोगिता तथा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
युवा शक्ती नै समाज र राष्ट्रको मेरुदण्ड हो भन्ने मूल नाराका साथ क्लबले आयोजना गरेको स्वर्गिय भला सुवेदार त्रिलोक सिंह काउचा (ओ.बी.आई.एस.बी.) भलिबल कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगीता तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।
चैत्र १ गतेबाट सुरु भएको कार्यक्रम ५ दिनसम्म सञ्चालन भएको थियो । लुम्बिनी र गण्डकी प्रदेशका ६ जिल्लाका भलिबल संघको सहभागिता रहेको प्रतियोगिताको उपाधी जिल्ला भलिबल संघ, रुपन्देहीले हात पारेको छ । विजयी रुपन्देहीले नगद १ लाख ५ हजार रुपैँया सहित कप, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । त्यस्तै द्धितिय हुन सफल जिल्ला भलिबल संघ गुल्मीले नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।
झरना युवा क्लबका अध्यक्ष कुमार बहादुर सार्कीको सभापतित्व रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्व समाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यता र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थानिय जनप्रतिनिधीहरु, जिल्ला समान्वय समिती सदस्य चेतन बस्नेत, बिभिन्न पार्टीका प्रतिनिधीहरु, बिभिन्न सघंसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
भलिबल प्रतियोगीतासगैं कार्यक्रम अवधिभर राष्ट्रिय स्तरका कलाकार खेम सेन्चुरी, प्रसाद खप्तडी र निशा गुरुङ सहित थुप्रै स्थानिय कलाकारले सागींतिक प्रस्तुती दिएका थिए ।
कार्यक्रममा बिशेष आर्थिक सहयोग पुर्याउने स्व. सुबेदार त्रिलोक सिंह थापा काउचाका सन्ततीहरु सहित अन्य धेरै सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम सम्पन्न गर्न काउचा परिवारले २ लाख ३० हजार रुपैँया सहयोग गरेका थिए । कार्यक्रमको लागि स्व. सुबेदार त्रिलोक सिंह थापा काउचाका छोराहरु जेठा टोप बहादुर काउचाले ५ हजार रुपैँया, माईला थमान सिह काउचाले २५ हजार रुपैँया, साईला ठाकुर सिंह काउचाले १० हजार रुपैँया काँईला चन्द्र बहादुर काउचाले ३० हजार रुपैँया, राँईला ओम प्रकास काउचाले १० हजार रुपैँया, ठाईला ओम प्रसाद काउचाले ६० हजार रुपैँया र कान्छा खिम बहादुर काउचाले १० हजार रुपैँया सहयोग गरेका थिए ।
त्यस्तै छोरीहरु कृष्णकला थापा काउचाले १० हजार रुपैँया, र मायादेबी राना काउचाले ५ हजार रुपैँया सहयोग गरेका थिए । नातिनतीनाहरू मन्जु काउचा तथा ज्वाई कार्लेस(स्पेन) ले १० हजार रुपैँया, अन्जु काउचाले ५ हजार रुपैँया, मिलन काउचा (युके) ले ५ हजार, ओशिन काउचा (युके)ले ५ हजार रुपैँया, मनोज काउचाले ५ हजार, सन्जु काउचा राना तथा कमल रानाले ५ हजार रुपैँया, लक्ष्मी थापा राना तथा बिन रानाले ५ हजार, सुसिल काउचाले ५ हजार, कमला तथा रिम थापाले (अमेरिका)ले ५ हजार रुपैँया सहयोग गरेका थिए ।
त्यस्तै बुवा स्व. जुद्द बहादुर काउचाको स्मृतीमा पनाती तथा चन्द्रकोट ८ मजुवा स्थित झापक होटेलका संचालक रमेश काउचाले १० हजार रुपैँया तथा अर्का पनाती झापक घर भई हाल बुटवलमा बस्ने असन काउचाले पनि ५ हजार रुपैँया सहयोग गरेका थिए ।
यस कार्यक्रमको प्रमुख संयोजक पुर्व कल्वका अध्यक्ष हाल सलाहकार होम गलामी साथै पुर्व अध्यक्ष हेमलाल श्रीस सहयोजक र सदस्य डमर दगामीले कार्यक्रम सम्पन्न गर्न मुख्य सयोंजनको मूख्य भुमिका खेलेका थिए ।
यस्तै बेलायतबाट कलवका संस्थापक तथा गुल्मी जिल्ला समाज युके संस्थापक अध्यक्ष हाल सल्लाहकार ग्रेटर रशमोर नेपाली कम्यूनिटीका पुर्व अध्यक्ष हाल प्रथम नौमती बाजा गुल्मी युकेका प्रमुख संयोजक रहेका ओम थापा काउचाले यस कलवको सल्लाहकारको रूपमा कलवलाई विशेष सुझाव सहित सहयोग पुर्याएका थिए ।
उनले बुबा स्वर्गिय भला सुबेदार त्रिलोक सिंह काउचालाई सम्झिएर सम्मान गरेकोमा आभार व्यक्त गरे । सुबेदार सिहं एक गरिव र दुखीको जिवनस्तर सुधार कसरी गर्ने शिक्षा नै प्रमुख सही मार्ग हो भनेर चन्द्रकोट ईलाकामा २०१४ सालमा पहिलो श्री महेन्द्र प्राइमरी स्कुल स्थापना देखी आफै प्रधानाध्यापक रहेको शिक्षाको दिप बाल्ने व्यक्ति थिए । उनले समाजमा अन्य थुप्रै सामाजिक योगदानहरु पुर्याएका छन् ।






