जनसम्पर्क समिती अस्ट्रेलियाको अधिवेशन सम्पन्न : अध्यक्षमा सुरेश गुरुङ निर्वाचित

सिड्नी । नेपाली काँग्रेसको अस्ट्रेलियामा अवस्थित भातृ संस्था जनसम्पर्क समिती अस्ट्रेलियाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुरेश गुरुङ सभापति रहेको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

जसको उपसभापतिमा राजेश केसी र मनिषा अर्याल चयन भएका छन ।  त्यस्तै महामन्त्रीमा रोहित खड्का र समित केसी, राज्य संयोजकहरुमा सीतल गीरी (न्यु साउथवेल्स) ललीत मल्ल (एसीटी) समिर खतिवडा,टेकनाथ सापकोटा,दिनेश अधिकारी तथा दिलीप खतिवडा चयन भएका छन ।

नवगठित समितिको सह महामन्त्रीमा अचुत धमला र भुपेन्द्र कडेंल, केन्द्रिय सदस्यहरुमा रुपराज मैनाली,बसन्त राज भट्ट, विकास कुमार झा, बिशाल पोखरेल, दिपक नेपाल, दिप्सन सापकोटा,क्षीतीज कार्की, मदन धौराली, मन्दीप केसी, निरज गुरुङ, रमेश छत्कुली, सीजन गीरी, श्याम गीरी तारा डांगी थान प्रसाद सुबेदी लगायत रहेका छन् ।

कार्यक्रममा बोल्दै एनआरएनका पुर्व अध्यक्ष गणेश केसीले नवनिर्वाचित समितिलाई शुभकामना दिँदै लामो समय देखिको विवाद समाधान हुने बताए । जनसम्पकै समितीका संस्थापक दिनेशराज जोशीले अधिवेशनले अस्ट्रेलियामा रहेका काँग्रेसीजनहरुमा गुट उपगुटको भावना अन्त्य गरी एकतावद्ध हुने सन्देश दिएको बताए ।

एनआरएन अस्ट्रेलियाको कोषाध्यक्ष अनिल पोखरेलले समितिसगं एनआरएनएले सहकार्य गरेर अगाडी बढ्ने धारणा व्यक्त गरे । कार्यक्रममा सामाजिक अभियन्ता तथा निर्वाचन समितीका सदस्य प्रेम सापकोटाले नवनिर्वाचित समितिलाई गुट उपगुट भन्दा पनि समाजको सिद्धान्त र धारणालाई आत्मसाथ गरेर अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रममा एनआरएनका पुर्व महासचिब ज्ञानेन्द्र रेग्मी ,सामाजिक अभियन्ताहरु सन्जिव शर्मा , टीएन अर्याल ,सुप्रीम गौतम, ग्रानभिल राइनोजका अध्यक्ष भिम बस्नेत लगायतको उपस्थीती रहेको थियो ।

कार्यक्रममा निर्वाचन समितीका संयोजक राज कुमार अधिकारीले निर्वाचन सफल बनाउन मद्दत गर्ने सबैलाई धन्यवाद प्रदान गरे । कार्यक्रममा निर्वतमान अध्यक्ष कृष्ण गीरीले नव निर्वाचित अध्यक्ष सुरेश गुरुङलाई पदभार हस्तान्तरण गर्दै बधाई तथा शुभकामना दिए ।